होटलमा सामूहिक जबरजस्ती करणीको प्रयास, भारतीय नागरिकसहित पाँच जना पक्राउ
सारांश
- रौतहटको गौर नगरपालिका वडा नम्बर २ मा रहेको एक होटलमा जबरजस्ती करणीको प्रयासमा पाँच जना पक्राउ परेका छन् ।
- पक्राउ पर्नेहरूमा एक जना स्थानीय नेपाली र चार जना भारतीय नागरिक रहेका छन् ।
- प्रहरीले हिरासतमा राखी घटनासम्बन्धी आवश्यक थप अनुसन्धान अगाडि बढाएको छ ।
रौतहट । रौतहटको गौर नगरपालिका वडा नम्बर २ मा रहेको एक होटलमा भएको जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग घटनामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
पीडितले दिएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई मिति २०८३ असार २१ गते बिहान करिब १:०० बजे होटल परिसरबाटै पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा एक जना स्थानीय नेपाली र चार जना भारतीय नागरिक रहेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका २ बस्ने २५ वर्षीय सन्तोष राउत रहेका छन् ।
त्यस्तै, पक्राउ पर्ने भारतीय नागरिकहरूमा भारतको मजफरपुर जिल्ला कल्याणी पंचायत २४ बस्ने ३३ वर्षीय मो. ताजुदिन, सोही जिल्लाको मैरोवन पंचायत २ बस्ने ३७ वर्षीय जितेन्द्र कुमार, बकटपुर पंचायत १ बस्ने ३८ वर्षीय हसनैन आलम र क्रममा पंचायत ४ बस्ने ३४ वर्षीय आलोक कुमार रहेका छन् ।
घटनामा पाँचै जनाको संलग्नता रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । पक्राउ परेका पाँचै जनालाई हिरासतमा राखी घटनासम्बन्धी आवश्यक थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण