भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझी मुख्य योजनाकार, बालकृष्ण खाण मतियार
काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको करोडौँको ठगी र सङ्गठित अपराध प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई मुख्य योजनाकार बनाउँदै दोषी ठहर गर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई मतियार भनी दोषी ठहर गरेको छ।
न्यायाधीश तेज बहादुर खड्काको इजलासले उच्चपदस्थ राजनीतिज्ञ, कर्मचारी र बिचौलियाहरूलाई दोषी ठहर गरेको हो। रायमाझीलाई यस प्रकरणको 'प्रमुख योजनाकार' मध्ये एक मानिएको छ ।
बिचौलियाहरूसँग मिलेर नीतिगत सेटिङ मिलाउने र रकम असुलीमा संलग्न रहेको भन्दै उनलाई सङ्गठित ठगी र राज्य विरुद्धको कसुरमा दोषी ठहर गरिएको छ।
पूर्वगृहमन्त्री खाँणलाई सङ्गठित ठगी र सङ्गठित अपराधमा 'मतियार' को रूपमा दोषी ठहर गरिएको छ । उनले मन्त्री पदमा रहँदा बिचौलियाको स्वार्थ अनुसार निर्णय प्रक्रियामा सहयोग पुर्याएको फैसलामा उल्लेख छ ।
त्यस्तै पूर्वगृहसचिव टेकनारायण पाण्डे सरकारी लिखत किर्ते गर्ने र गिरोहलाई मन्त्रालयको गोप्य सूचना उपलब्ध गराउने कार्यमा पाण्डेको मुख्य भूमिका रहेको ठहर गरिएको छ। उनलाई सङ्गठित ठगी, किर्ते र राज्य विरुद्धको अपराधमा दोषी मानिएको छ ।
तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई गृह मन्त्रालयमा बसेर भुटानी शरणार्थी सम्बन्धी प्रतिवेदन फेरबदल गर्ने र बिचौलियाबाट मोटो रकम लिने कार्यमा राईको प्रत्यक्ष संलग्नता देखिएको छ ।
केशव प्रसाद दुलाल र सानु भण्डारी योजनाकार भएको भन्दै दोषी ठहर गरेको छ । उनीहरूले नै पीडितहरूबाट करोडौँ रकम उठाएको, नक्कली डकुमेन्ट बनाएको र राजनीतिक नेतृत्वसँग सेटिङ मिलाएको प्रमाण अदालतले फेला पारेको छ।
भण्डारीको घरबाट बरामद डायरीमा कुन नेतालाई कति पैसा बुझाइयो भन्ने विवरण फेला परेको थियो, जसलाई अदालतले महत्त्वपूर्ण प्रमाणको रूपमा लिएको छ ।
सन्देश शर्मा र सागर राईले दाङ, बुटवल र बागलुङ क्षेत्रका सोझा नागरिकहरूलाई प्रलोभनमा पारी रकम सङ्कलन गर्ने र नक्कली परिचयपत्र वितरण गर्ने काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना र इजिप्टबिचको खेल सुरु, मेस्सीले गर्न सक्लान् गोल ?
-
राज्यविरूद्ध कसुर गर्ने टोपबहादुर रायमाझीलाई कति वर्ष जेल सजाय होला?
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
-
फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण