बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
अपडेट

अर्जेन्टिनाको कमब्याक प्रयास: रोमेरोले गोल गर्दै अन्तर घटाए

मङ्गलबार, २३ असार २०८३, २३ : ३१
मङ्गलबार, २३ असार २०८३

अमेरिका । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा अर्जेन्टिनाले इजिप्ट विरुद्ध एक गोल फर्काएको छ। 

२–० ले पछि परेको साविक विजेता अर्जेन्टिनाका लागि क्रिस्टियन रोमेरोले ७९ औँ मिनेटमा गोल गर्दै खेललाई १–२ को स्थितिमा ल्याएका हुन्।

रोमेरोले कप्तान लियोनल मेसीको उत्कृष्ट पासलाई सदुपयोग गर्दै बललाई जाली चुमाएका हुन्। यसअघि ६७ औँ मिनेटमा इजिप्टका मोस्ताफा जिकोले काउन्टर अट्याकमा सानदार गोल गर्दै इजिप्टको अग्रता दोब्बर बनाएका थिए।

खेल अब अन्तिम १० मिनेटको रोमाञ्चक मोडमा प्रवेश गरेको छ। १-२ को स्थितिमा रहेको अर्जेन्टिनाले बराबरीका लागि अहिले निकै आक्रामक फुटबल खेलिरहेको छ। 

यदि अर्जेन्टिनाले गोल थप्न सकेन भने साविक विजेताको विश्वकप यात्रा यहीँ समाप्त हुनेछ। एटलान्टा स्टेडियममा अहिले अर्जेन्टिनी समर्थकहरूले टोलीको हौसला बढाउन निकै हल्ला गरिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप