‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
सारांश
- नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले सरकारले सुकुमबासीलाई उठिबास लगाएर १०० दिन मनाएको आरोप लगाएकी छन् ।
- उनले वर्षायामको मुखमा सुकुमबासीलाई उठिबास लगाउनु मानवीयता नभएको बताइन् ।
- सांसद थपलियाले सरकारमा पात्र मात्र फेरिएको तर काम गर्ने शैली र प्रवृत्ति पुरानै रहेको टिप्पणी गरिन् ।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले वालेन्द्र शाह नेतृत्वको सरकारले सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारका १०० दिन मनाएको बताएकी छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद थपलियाले वर्षायामको समयमा सुकुमबासीलाई उठिबास लगाउनु मानवीयता नभएको बताइन् ।
‘मलाई लागेको थियो, यो सरकारले १०० दिनमा अरू केही नगरे पनि जनतालाई मल त पक्कै दिन्छ । तर विडम्बना, यो सरकारले सुकुम्बासीको आँखामा आँसुको उपहार दिएर १०० दिन मनायो,’ थपलियाले भनिन्, ‘ वर्षायामको मुखमा सुकुमबासीहरूलाई उठिबास लगायो । जनतालाई नयाँपनको अनुभूति दिन सकेन ।’
उनले सत्तापक्षका सांसदहरूलाई ३५ वर्षको नाममा पुराना दलहरूलाई गाली गर्न बन्द गरी आफ्नै कार्यशैली सुधार गर्न सुझाइन् ।
थपलियाले सरकारमा पात्रहरू मात्र फेरिएको तर काम गर्ने शैली र प्रवृत्ति पुरानै रहेको टिप्पणी गरिन् । ‘सत्तापक्षका माननीयज्यूहरूलाई मेरो विनम्र अनुरोध छ– अब पुरानो दललाई ३५ वर्षका नाममा गाली गर्न बन्द गर्नुहोस् । किनकि अब औँला तपाईंहरू र यो सरकारतिर उठ्न थालिसकेको छ । पात्र मात्र फेरिएका हुन्, प्रविधि र गतिविधि उही छ,’ उनले भनिन् ।
सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा नातावाद र कृपावाद कायमै रहेको उनको आरोप थियो । उनले पुरानो दललाई तराजुमा जोख्नुभन्दा अगाडि आफूलाई ऐना हेर्न सुझाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण