बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो

कोटेश्वर–बालकुमारी सडकमा हरायो फुटपाथ, जोखिम मोलेर हिँड्न बाध्य पैदलयात्री (तस्बिरहरू)

बिहीबार, २५ असार २०८३, १४ : ३८
बिहीबार, २५ असार २०८३

सारांश

  • कोटेश्वर–बालकुमारी सडकखण्डमा पैदलयात्रीका लागि सुरक्षित फुटपाथको अभाव छ।
  • नालीमाथि फलामका प्लेट राखिएका छन्, जसमध्ये धेरै भासिएका छन् र केही उक्किएका छन्।
  • फुटपाथको असुरक्षित अवस्थाले पैदलयात्री सडकको किनार हुँदै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यन्त व्यस्त कोटेश्वर–बालकुमारी सडकखण्डमा पैदलयात्रीका लागि सुरक्षित फुटपाथको अभाव देखिएको छ। केही स्थानमा मात्र फुटपाथ निर्माण गरिएकाले अधिकांश क्षेत्रमा पैदलयात्री सडकको किनार हुँदै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

यस सडकखण्डमा नालीमाथि केही दूरीसम्म व्यवस्थित फुटपाथ निर्माण गरिएको भए पनि त्यसपछि फुटपाथ अचानक अन्त्य हुन्छ। त्यसको सट्टा नालीमाथि फलामका प्लेट राखिएका छन्। तीमध्ये धेरै प्लेट भासिएका छन् भने कतिपय स्थानमा फलाम नै उक्किएर बाहिर निस्किएको छ। जोखिम कम गर्न केही ठाउँमा अस्थायी रूपमा बाँसको टेको लगाइएको देखिन्छ।

स्थानीयका अनुसार भासिएका फलामका प्लेटका कारण कतिपय पैदलयात्रीको खुट्टा समेत फसेको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा रातिको समयमा हिँड्नेहरूका लागि यो अवस्था थप जोखिमपूर्ण बनेको छ।

फलामका प्लेट कुनै पनि बेला भासिन सक्ने त्रासका कारण धेरै पैदलयात्री फुटपाथ प्रयोग गर्न छाडेर सडकको किनार हुँदै हिँडिरहेका छन्। यसले तीव्र गतिमा आवतजावत गर्ने सवारीसाधनसँग दुर्घटनाको जोखिम समेत बढाएको छ।

संघीय राजधानीकै व्यस्त सडकमा पैदलयात्रीका लागि सुरक्षित, व्यवस्थित र निरन्तर फुटपाथको व्यवस्था नहुँदा दैनिक हजारौं सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

Koteshor_Balkumari_NPL1Koteshor_Balkumari_NPL2Koteshor_Balkumari_NPL3Koteshor_Balkumari_NPL4Koteshor_Balkumari_NPL5Koteshor_Balkumari_NPL6Koteshor_Balkumari_NPL7Koteshor_Balkumari_NPL8Koteshor_Balkumari_NPL9Koteshor_Balkumari_NPL10Koteshor_Balkumari_NPL11Koteshor_Balkumari_NPL12Koteshor_Balkumari_NPL13Koteshor_Balkumari_NPL14Koteshor_Balkumari_NPL15Koteshor_Balkumari_NPL16

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप