बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

एमालेको प्रश्न : बालेन सरकार एक चीन नीति विरुद्ध हो ?

बिहीबार, २५ असार २०८३, १४ : ३५
बिहीबार, २५ असार २०८३

सारांश

  • नेकपा एमालेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको सरकारले एक चीन नीति विपरीत काम गरेको आरोप लगाएको छ ।
  • एमाले प्रमुख सचेतक ऐन महरले दलाई लामाको जन्मदिन मनाउन दिएर सरकारले नेपालको परराष्ट्र नीतिलाई चुनौती दिएको बताए ।
  • उनले यो कार्यले नेपाल र चीनबीचको सम्बन्ध खलबल्याउने भन्दै एमालेले यसको विरोध गर्ने बताए ।

काठमाडौँ । नेकपा एमालेले वर्तमान बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार नेपालले अवलम्बन गर्दै आएको एक चीन नीति विरुद्ध गएको हो ? भन्दै सरकारलाई प्रश्न गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक ऐन महरले बालेन सरकारले पृथकतावादी नेता दलाई लामाको जन्मदिन मनाउन दिएर नेपालको परराष्ट्र नीतिलाई चुनौती दिएको बताए ।

उनले लामाको जन्मोत्सवका अवसरमा असार २२ गते स्वयम्भूस्थित नाम्ग्याल निम्न माध्यमिक विद्यालयमा भएको कार्यक्रमले नेपाल र चीनबिच दौत्य सम्बन्ध स्थापना भए देखिको सुमधुर सम्बन्धलाई खलबल्याउने काम गरेको बताए । महरले उक्त राष्ट्रहित विरोधी कामको एमालेले विरोध गर्ने भन्दै त्यसबारे चीनका लागि सात पूर्व राजदूतहरूले समेत विरोध गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप