राप्रपाको प्रश्न– प्रधानमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ संसद्मा दिने कि महाधिवेशनको मञ्चमा ?
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ संसद्मा दिने कि पार्टीको महाधिवेशनमा दिने भन्दै प्रश्न गरेको छ ।
- सांसद खुस्बु ओलीले प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान र सिमाना जस्तो संवेदनशील विषयमा दिएको गैरजिम्मेवार अभिव्यक्तिको जवाफ सदनमा मागिए पनि उनले जवाफ भने रास्वपाको महाधिवेशनमा दिएको भन्दै आपत्ति जनाइन् ।
- संविधानले कार्यपालिकालाई संसद् प्रति उत्तरदायी बनाएको स्मरण गराउँदै ओलीले संसद्लाई बेवास्ता गर्ने प्रवृत्तिले संसदीय लोकतन्त्रको औचित्यमाथि नै प्रश्न उठाएको बताइन् ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उठेका प्रश्नको जवाफ संसद्मा दिने कि पार्टीको महाधिवेशनमा दिने भन्दै प्रश्न गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद खुस्बु ओलीले प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान र सिमाना जस्तो संवेदनशील विषयमा दिएको गैरजिम्मेवार अभिव्यक्तिको जवाफ सदनमा मागिए पनि उनले जवाफ भने रास्वपाको महाधिवेशनमा दिएको भन्दै आपत्ति जनाइन् ।
सांसद ओलीले प्रधानमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ संसद्मा दिनुको साटो आफ्नो पार्टीको चितवन महाधिवेशनको मञ्च रोजेको भन्दै आपत्ति जनाइन् । ‘के अब सरकारको आधिकारिक जवाफ पार्टीको महाधिवेशनबाट आउने हो ? के सार्वभौम संसद् पार्टीको मञ्चभन्दा सानो संस्था भएको हो ?,’ ओलीले भनिन् ।
संविधानले कार्यपालिकालाई संसद् प्रति उत्तरदायी बनाएको स्मरण गराउँदै उनले संसद्लाई बेवास्ता गर्ने प्रवृत्तिले संसदीय लोकतन्त्रको औचित्यमाथि नै प्रश्न उठाएको बताइन् ।
नेपालले भारतको भूमि मिचेको भन्ने आशयको प्रधानमन्त्रीको अभिव्यक्तिको चर्चा गर्दै सांसद ओलीले यसले नेपाली जनताको शिर निहुरिएको बताइन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा पारित गर्दाको अभूतपूर्व एकताको स्मरण गर्दै उनले प्रधानमन्त्रीको हल्का अभिव्यक्तिले सिमानामा लडिरहेका सुस्ताबासीको मनोबल गिराएको आरोप लगाइन् ।
सांसद ओलीले राष्ट्रियताको विषयमा सत्ता पक्षका सांसदहरू मौन बसेकोमा पनि प्रश्न उठाइन् । ‘इतिहासले प्रतिपक्षले के बोल्यो मात्र होइन, सत्ता पक्ष कहिले बोल्यो र कहिले मौन रह्यो भन्ने कुरा पनि लेख्नेछ,’ उनले भनिन्, ‘तपाईँहरूको मौनतालाई ३ करोड नेपाली जनताले कसरी बुझ्ने ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
-
एमालेको नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा ८७.६ प्रतिशत मत (मत सर्वेक्षण नतिजा)
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण