नेकपा सांसद हमालको प्रश्न : सुशासन सत्तापक्षलाई लाग्दैन ?
सारांश
- प्रतिपक्ष दलका सांसद प्रमेशकुमार हमालले सुशासन सत्ता पक्षलाई लाग्दैन ? भनी सरकारलाई प्रश्न गरेका छन् ।
- उनले वर्तमान सरकारले जबाफदेहिता र पारदर्शिता विपक्ष दलहरूसँग मात्रै खोजेर प्रतिसोधको राजनीति गरिरहेको जिकिर गरे ।
- सांसद हमालले सरकारको कसैको इसारामा चलिरहेको भान भइरहेको बताए ।
काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेशकुमार हमालले सुशासन सत्ता पक्षलाई लाग्दैन ? भनी सरकारलाई प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री बालेन्द्र साहदेखि सत्तारुढ दलका कुनै पनि व्यक्तिलाई सरकारले सुशासनको मामिलामा छुट दिएको भन्दै सांसद हमालको आक्रोश थियो ।
उनले वर्तमान सरकारले जबाफदेहिता र पारदर्शिता विपक्ष दलहरूसँग मात्रै खोजेर प्रतिसोधको राजनीति गरिरहेको जिकिर पनि गरे । सांसद हमालले विपक्षलाई विना कारण पहिला थुन्ने अनि हेर्ने काम मात्रै सरकारले गरिरहेको भन्दै आपत्ति जनाए ।
उनले भने-‘सरकारका कतिपय गतिविधि प्रतिशोधपूर्ण हुन कि भन्ने भान हुनेगरी काम गरिराखेको छ । आतङ्कित तुल्याउने गरी काम गरिराखेको छ । हिजो कुरा उठेको थियो । पहिला थुन्ने अनि सुन्ने । मलाई त्यस्तो लाग्दैन । पहिला थुन्ने अनि जे पर्छ हेर्ने । त्यो नियतिमा सरकार गइरहेको छ । त्यसैले सुशासनको विषयमा गम्भीर प्रश्न उठेको छ । सुशासन सत्ता पक्षलाई लाग्दैन ? सरकार प्रमुखदेखि, सरकारमा रहेकादेखि, यो संसदमा रहेकाहरू पारदर्शी हुनुपर्दैन, जबाफदेही हुनु पर्दैन ? जबाफदेहिता अरूलाई मात्रै थोपर्ने हो ?’
सांसद हमालले सरकारको कसैको इसारामा चलिरहेको भान भइरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण