प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
शुक्रबार, २६ असार २०८३, ०९ : २९
सारांश
- संघीय संसदको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ।
- बैठकमा निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस गरिनेछ।
- मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनका दुई महासन्धिमाथि छलफल तथा अनुमोदनको प्रस्ताव प्रस्तुत गर्नेछन्।
काठमाडौँ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन २०८१–०८२, राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन २०८१–०८२ र राष्ट्रिय महिला आयोगको अठारौँ वार्षिक प्रतिवेदन २०८१–०८२ पेस गर्ने कार्यसूची रहेको छ ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि सम्बन्धी सदनमा छलफल तथा अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धीमाथि सामान्य छलफल तथा अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि उनले प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा शेयर सूचीकरणबाट एसके हाइनिक्सले उठायो साढे २६ अर्ब डलर
-
८ हजार मिटर अग्ला हिमाल चढ्ने ६ जनालाई गण्डकी सरकारको सम्मान
-
निरन्तर बढ्दैछ बर्ड फ्लुको प्रकोप : डेढ खर्बको पोल्ट्री क्षेत्र जोखिममा
-
बागमतीमा सत्ता परिवर्तनको कसरत, के छ दलहरूको तयारी ?
-
गणेश नेपालीको मृत्युपछि गृह मन्त्रालयमा छलफल, सुधन गुरुङ अस्पताल जाँदै
-
इरानी पूर्व सर्वोच्च नेता खामेनीको मशहदमा अन्त्येष्टि सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण