शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

विराटनगरस्थित भाट–भटेनी सुपर स्टोर भोलिबाट पुनः सञ्चालनमा आउने

शुक्रबार, २६ असार २०८३, १० : १३
शुक्रबार, २६ असार २०८३

सारांश

  • विराटनगर स्थित भाट-भटेनी सुपर स्टोर भोलि (शनिबार)देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ ।
  • जेनजी आन्दोलनको क्रममा क्षति पुगेको संरचना पुनर्निर्माण भएसँगै पुनः दैनिक रूपमा नियमित सेवा प्रदान गर्न लागिएको छ ।
  • ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता स्टोरले जनाएको छ ।

काठमाडौँ । विराटनगरस्थित भाट–भटेनी सुपर स्टोर भोलि (शनिबार)देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ । 

जेनजी आन्दोलनको क्रममा क्षति पुगेको संरचना पुनर्निर्माण भएसँगै पुनः दैनिक रूपमा नियमित सेवा प्रदान गर्न लागिएको भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए ।

ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत स्टोरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप