सांसदको प्रश्न हटाइने, प्रधानमन्त्रीको अभिव्यक्ति सुरक्षित राख्ने ? : ठाकुर गैरे
सारांश
- नेकपा एमालेका नेता ठाकुरप्रसाद गैरेले सांसदको प्रश्न र प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसदमा दोहोरो मापदण्ड अपनाइएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
- सांसदको प्रश्न हटाइएको तर प्रधानमन्त्रीले भारतबारे दिएको अभिव्यक्तिबारे कुनै कारबाही नभएको भन्दै उनले प्रश्न उठाएका छन्।
- गैरेले राष्ट्रियता र मर्यादा जोडिएको विषयमा सभामुखको मौनताबारे आश्चर्य व्यक्त गर्दै यसलाई न्यायसंगत नभएको बताएका छन्।
काठमाडौँ । नेपाली राजनीति र संसदभित्र दोहोरो मापदण्ड अपनाइएको भन्दै प्रतिपक्षी दल नेकपा एमालेका नेता ठाकुरप्रसाद गैरेले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
एकजना सांसदले सोधेको प्रश्नका कारण संसद र सभामुखको मानहानी भएको भन्दै रेकर्डबाट हटाइएको तर प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्तिमाथि कुनै कदम नचालिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन्।
नेता गैरेले संसदको गरिमा र मर्यादाको विषयमा प्रश्न उठाउँदै एकजना माननीयले प्रश्न गर्दा सार्वभौम संसद, सभामुख र माननीयहरूको मानहानी भएको र मर्यादा हनन भएको भन्दै उक्त भनाइ संसदको रेकर्डबाट हटाइएको घटनालाई स्मरण गरेका छन्। मानहानी नै भएपछि रेकर्डबाट हटाउनुलाई उनले ठिकै भएको टिप्पणी गरेका छन्। तर, यहीँनेर सभामुख र संसदको भूमिकामाथि उनले ठूलो प्रश्नचिह्न खडा गरेका छन्।
उनले त्यही संसद र उही सभामुख भएका बेला रोस्टमबाट प्रधानमन्त्रीले दिएको एउटा अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्दा सार्वभौम संसद, सभामुख र दुईतिहाइ बहुमतवाला संसदको मन किन नदुखेको भन्दै उनले प्रश्न गरेका छन्।
प्रधानमन्त्रीको उक्त भनाइले देश, जनता र सदनकै मर्यादा नगरेको तथा सदनको मानहानी भएको महसुस किन नभएको भनी उनले निकै गम्भीरताका साथ सोधेका छन्।
प्रधानमन्त्रीको यो अभिव्यक्तिका विरुद्ध सदन र देशैभरि निरन्तर आवाज उठिरहेको छ। यति हुँदाहुँदै पनि प्रधानमन्त्रीलाई सदनमा आएर जवाफ दिन र उक्त विवादित भनाइ रेकर्डबाट हटाउन सभामुखले रुलिङ गर्न नसकेकोमा गैरेले अचम्म प्रकट गरेका छन्। संसदमा साना कुरामा रेकर्ड हटाउने तत्परता देखिने तर देशको राष्ट्रियता र मर्यादा जोडिएको विषयमा सभामुख मौन बस्नुले न्यायसंगत काम नभएको उनको बुझाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न अमरेश सिंहको माग
-
पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
-
गणेश कार्कीको प्रश्न– सदनमा अर्को गणेश नेपाली बन्नबाट रोक्ने छलफल खोइ ?
-
शृङ्खलाबद्ध जनविरोधी कामले बालेन सरकार नाङ्गिँदै छ : नेकपा एमाले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण