शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
अपडेट

अक्सिजन सिलिन्डर विस्फोट हुँदा माकलबारीमा एक जनाको मृत्यु

शुक्रबार, २६ असार २०८३, ११ : ३१
शुक्रबार, २६ असार २०८३

सारांश

  • काठमाडौँको माकलबारीमा गुडिरहेको गाडीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा पैदल यात्रु विष्णु थापाको मृत्यु भएको छ ।
  • सिलिन्डरको टुक्राले लागेर गम्भीर घाइते भएका ४६ वर्षीय थापाको उपचारका क्रममा नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो ।
  • यस घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ । काठमाडौँको माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु भएको छ । गुडिरहेको गाडीमा सिलिन्डर विस्फोट हुँदा सिलिन्डरको टुक्राले लागेर पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

मृत्यु हुनेमा माकलबारी बस्ने ४६ वर्षीय विष्णु थापा छन् । सिलिन्डरको टुक्राले लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा लगिएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप