राज्य नै नागरिकको हत्या गर्न लाग्यो : ऐन महर
शुक्रबार, २६ असार २०८३, १३ : ४९
सारांश
- नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गणेश नेपालीको मृत्यु राज्य असफल भएको प्रमाण भएको बताएका छन् ।
- नेता महरले राज्यको नीतिका कारण आम नागरिक आत्मदाह गर्ने अवस्थामा पुगेको भन्दै पार्टीले यसका विरुद्ध सशक्त आवाज उठाउने बताए ।
- उनले नागरिकमाथि कर थोपरेर राजश्व असुल्ने र गरिब सुकुम्वासीको ज्यान लिने नीतिको परिणाम गणेश नेपालीको मृत्युलाई लिन सकिने बताए ।
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गणेश नेपाली मृत्यु प्रकरण राज्य असफल भएको प्रमाण भएको बताएका छन् । शुक्रबार नेपालीको मृत्युपछि वीर अस्पताल पुगेका नेता महरले राज्यको नीतिका कारण आम नागरिक आत्मदाह गर्ने अवस्थामा पुगेको भन्दै यसका विरुद्ध पार्टीले सशक्त आवाज उठाउने बताए ।
राज्यले नागरिकको सुरक्षा गर्ने र सेवा दिने भन्दा पनि तह लगाउने, भय सिर्जना गर्ने, त्रसित बनाउने र अधिनायकवाद लादने काम गरेको छ’, महरले भने, ‘गणेश नेपाली मृत्युको जिम्मा सरकारले लिनुपर्छ ।’
नागरिकमाथि कर थोपरेर राजश्व असुल्ने र गरिब सुकुम्वासीको ढाड सेक्ने र ज्यान लिने नीतिको परिणाम गणेश नेपालीको मृत्युलाई लिन सकिने महरको भनाइ छ । उनले घटनापछि पनि सरकारी व्यवहार र नियत शङ्कास्पद भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
-
नाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारी
-
सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण