महामन्त्री पौडेलले टिचिङ अस्पताल पुगेर भेटे माजिद अन्सारी
सारांश
- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर जेनजी अभियान्ता माजिद अन्सारीलाई भेटेका छन् ।
- कीर्तिपुरमा होल्डिङ सेन्टर जलमग्न भएपछि प्रहरीसँगको धक्कामुक्कीमा घाइते भएका अन्सारीको उपचार टिचिङ अस्पतालमा भइरहेको छ ।
- पौडेलले अन्सारीलाई भेटेर भुईँ मान्छेका प्रश्न दमन गर्ने रवैयाको सिकार भएको बताउँदै लोकतन्त्रमा असहमति र प्रश्नहरू सुशासनका आधार भएको बताए ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर जेनजी अभियान्ता माजिद अन्सारीलाई भेटेका छन् । कीर्तिपुरमा सुकुमबासीहरूलाई राखिएको होल्डिङ सेन्टर जलमग्न भएपछि त्यहाँ पुगेका अन्सारीसहितका जेनजी अभियन्ताहरू र प्रहरीबिच धक्कामुक्की भएको थियो ।
त्यो क्रममा प्रहरीको लाठी प्रहारबाट अन्सारी घाइते भएर अहिले टिचिङ अस्पतालमा उपचार गरिरहेका छन् । त्यही अस्पतालमा अन्सारीलाई भेट्न पौडेल पुगेका हुन् ।
पौडेलले आफू अस्पताल पुगेर अन्सारीलाई भेटेको जानकारी दिए । आफूले भेट्दा अन्सरीले ‘मैले के अपराध गरेँ, र मलाई यसो गरियो,’ भनेर प्रश्न गरेको पनि पौडेलले बताए ।
पौडेलले अन्सारी भुईँ मान्छेका प्रश्न दमन गर्ने रवैयाको सिकार भएको बताए । सँगै पौडेलले प्रश्न गरे, ‘सरकारले जे गरे पनि कसैले प्रश्न नगरोस् भन्ने चाहेको हो ?’ लोकतन्त्रमा असहमति, आलोचना र प्रश्नहरू उत्तरदायित्व र सुशासनका आधार भएको पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण