संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको आन्दोलन स्थगित
सोमबार, २९ असार २०८३, ११ : २५
सारांश
- आत्मदाहको प्रयासपछि उपचारको क्रममा निधन भएका मुगुका राइडर गणेश नेपालीको परिवार र सरकारबिच ९ बुँदे सहमति भएसँगै संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।
- समितिका संयोजक दलजित श्रीपालीले विरोध कार्यक्रम र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने चरणबद्ध आन्दोलनका कार्यक्रमहरू हाललाई स्थगित गरिएको जनाएका छन् ।
- समितिले ९ बुँदे सहमति यथाशीघ्र कार्यान्वयन गर्न र दलित समुदायले भोग्दै आएका विभेद अन्त्य गर्न जोडदार माग गरेको छ ।
काठमाडौँ । आत्मदाहको प्रयासपछि उपचारको क्रममा निधन भएका मुगुका राइडर गणेश नेपालीको परिवार र सरकारबिच ९ बुँदे सहमति भएसँगै संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।
समितिका संयोजक दलजित श्रीपालीले सोमबार विज्ञप्ति जारी गर्दै असार २९ गते दिउँसो १ बजे माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रम र सोही दिन ७७ वटै जिल्ला प्रशासनबाट नेपाल सरकारका प्रधानमन्त्रीलाई अल्टिमेटमसहितको ज्ञापन पत्र दिने चरणबद्ध आन्दोलनका कार्यक्रमहरू हाललाई स्थगित गरिएको जनाएका हुन् ।
समितिले ९ बुँदे सहमति यथाशीघ्र कार्यान्वयन गर्न माग गर्दै दलित समुदायले भोग्दै आएका संरचनात्मक विभेद, समावेशी समानुपातिक व्यवस्था तथा हालसम्म सरकारसँग भएका सहमति, सम्झौता र प्रतिबद्धताहरू व्यवहारमा लागू गर्न जोडदार माग गरेको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण