बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

'क्याम्पसको पूर्वाधार निर्माणमा अनियमितता भएकाे छैन'

सोमबार, ०४ भदौ २०७५, ०८ : ४०
सोमबार, ०४ भदौ २०७५

नुवाकोट– नुवाकोटको किस्पाङ् गाउँपालिका–२, फिकुरीमा रहेको  फिकुरी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद भट्टले क्याम्पसको पूर्वाधार निर्माण गर्न विनियोजन भएको ४० लाख रुपयाँको दुरुपयोग नभएको स्पष्ट पारेका छन् ।  

उनले राजनीतिक प्रतिशोध साध्ने नियतले केहि व्यक्तिले अाफू र क्याम्पसमाथि गलत प्रचार गराएको दाबी समेत गरेका छन् । रातोपाटीलाई भट्टले प्रेषित गरेको खण्डनपत्रमा पूर्वाधार निर्माणमा भएको खर्चको यर्थात विवरण आफूसँग भएको बताएका छन् । 

उनले आफू नियमसंगत ढंगले क्याम्पसको अध्यक्ष बनेको भन्दै क्याम्पस प्रमुखको नियुक्तिमा पनि सो भेगकै योग्य व्यक्तिलाई स्थानीय र विद्याथीसमेतको माग बमोजिम नियुक्त गरेको बताएका छन् । 

यसअघि केहि व्यक्तिले  क्याम्पसमा आर्थिक अनियमितता भएको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप