वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
सारांश
- गण्डकी प्रदेशका ४ सडक लगातारको वर्षा र पहिरोका कारण अवरुद्ध भएका छन् ।
- नवलपुरको कालिगण्डकी करिडोर सडक खण्ड पहिरो र ढुंगामाटो खस्दा पूर्ण रूपमा अवरुद्ध भएको छ ।
- म्याग्दीको बेनी दरबाङ र बेनी जोमसोम सडक खण्डमा पहिरो खस्दा पूर्ण रूपमा बन्द भएका छन् ।
पोखरा। लगातारको वर्षासँगै आएको पहिरोका कारण गण्डकी प्रदेशका ४ सडक अवरुद्ध भएका छन् । केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने एउटा सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ ।
नवलपुरको गैँडाकोट नगरपालिका ३ को बिसपानी नजिक कालिगण्डकी करिडोर सडक खण्डमा पहिरो र ढुंगामाटो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका १४ सम्सेबोला क्षेत्रमा रुखसहितको पहिरो खसेको छ । केही समय अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
म्याग्दीको बेनी नगरपालिका–४ घुमाउनेभीरस्थित बेनी दरबाङ सडक खण्डमा माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, अन्नपूर्ण गाउँपालिका २ नैनीभीर क्षेत्रमा पहिरो खस्दा बेनी जोमसोम सडक पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
वर्षायाममा बाढी, पहिरो तथा डुबानको जोखिम रहेका ठाउँमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण