बीमा लाइसेन्स र मर्जर नीतिमा अर्बौँको चलखेल भएको सांसद लिमा अधिकारीको आरोप
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले बीमा कम्पनीहरूको इजाजत वितरण र मर्जर प्रक्रियामा आर्थिक चलखेल भएको आशंका व्यक्त गरेकी छन्।
- उनले नेपाल जस्तो सानो अर्थतन्त्रमा धेरै बीमा कम्पनी भए पनि बीमाको पहुँच न्यून रहेको र प्राधिकरणको प्रभावकारितामाथि प्रश्न उठाइन्।
- सांसद अधिकारीले बीमा साक्षरता कोषको रकमको पारदर्शिता र दूरदराजमा डिजिटल बीमाको ठोस कार्यक्रमबारे प्रश्न गरिन्।
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले बीमा क्षेत्रमा व्याप्त बेथिति र नेपाल बीमा प्राधिकरणको नियामक क्षमतामाथि प्रश्न उठाएकी छन्।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै सांसद अधिकारीले बीमा कम्पनीहरूको इजाजत (लाइसेन्स) वितरण र मर्जर प्रक्रियामा आर्थिक चलखेल भएको हुन सक्ने आशंका व्यक्त गरेकी हुन् ।
नेपाल जस्तो सानो अर्थतन्त्रमा १४ जीवन, १४ निर्जीवन, ७ लघु बीमा र २ पुनर्बीमा गरी ३७ वटा कम्पनीहरू सञ्चालनमा रहे पनि बीमाको पहुँच न्यून रहेको उनले बताइन्। वैदेशिक रोजगारीमा रहेकाहरूलाई समेट्दा समेत कुल जनसङ्ख्याको ४४ प्रतिशत मात्र बीमाको दायरामा रहेको र ५६ प्रतिशत नागरिक अझै पनि बीमा पहुँचबाहिर रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले प्राधिकरणको प्रभावकारितामाथि प्रश्न उठाइन्।
विगतमा बजारको आवश्यकता र क्षमताको अध्ययन नै नगरी धमाधम इजाजत बाँडिएको र छोटो समयमै पुँजी वृद्धिको नीति ल्याएर मर्जरका लागि दबाब दिइनु विरोधाभासपूर्ण रहेको उनको टिप्पणी छ। बैठकमा बोल्दै उनले भनिन्, ‘यसरी लाइसेन्स दिने र तुरुन्तै फेरि मर्जरमा जाने नीतिले निश्चित व्यावसायिक घरानालाई पोस्ने र अर्बौँको आर्थिक चलखेल भएको हुन सक्ने आम नागरिकको प्रश्न छ।’
यस्तो आत्मघाती र अदूरदर्शी नीतिको जिम्मेवारी कसले लिने भन्दै उनले प्रश्न गरिन्। बीमा गर्नु भनेको झञ्झट व्यहोर्नु हो भन्ने आम धारणा बनेको उल्लेख गर्दै उनले थपिन्, ‘बीमा कम्पनीहरू किन यति निरीह भएका हुन् र प्राधिकरण किन यति कमजोर देखिएको हो ? कतै प्राधिकरण सञ्चालक र राजनीतिक नेतृत्वको प्रभावमा त परेको छैन ?’
प्राधिकरण र बीमा कम्पनीहरूले परिचालन गर्ने ‘बीमा साक्षरता कोष’ को रकम कहाँ र कसरी खर्च भइरहेको छ भन्दै उनले पारदर्शिताको माग गरिन्। साथै दूरदराजका नागरिकसम्म बीमा पहुँच पुर्याउन प्रविधिमार्फत ‘डिजिटल बीमा’ को ठोस कार्यक्रम के छ भनी उनले प्रश्न गरिन्। आम नागरिकले बीमा दाबी भुक्तानीका क्रममा निकै सास्ती भोग्नुपरेको र विपद्को समयमा समयमै भुक्तानी नपाएको गुनासो समेत सांसद अधिकारीले समितिमा राखिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजनजिक ओमानको तटमा तीन तेल ट्यांकरमाथि आक्रमण
-
‘५० हजार जरिवानाको कुरा भ्रम मात्रै, जरिवाना तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था’
-
गृहमन्त्री र मिटरब्याज पीडितबिच दोस्रो चरणको वार्ता सम्पन्न, माग पूरा नभए काठमाडौँतर्फको यात्रा अघि बढाउने चेतावनी
-
पूर्वमुख्यमन्त्री रावलको भाइरल भिडियो : के भएकाे थियाे ?
-
जोखिमयुक्त सडक वर्षाको समयमा बन्द गरेर भए पनि नागरिकको सुरक्षा गरिन्छ : मन्त्री लम्साल
-
चार महिनापछि इरानी संसद्मा पहिलो सार्वजनिक बैठक, होर्मुजसम्बन्धी विधेयक दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण