महिनावारीमैत्री विद्यालय निर्माण गर्न सरकारसँग लिमा अधिकारीको माग
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले महिनावारीका कारण कुनै पनि बालिका तथा किशोरी विद्यालयबाट वञ्चित हुन नपर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्।
- उनले नेपालमा ५५.६ प्रतिशत बालिका महिनावारीका समयमा कहिल्यै वा कहिलेकाहीँ विद्यालय अनुपस्थित हुने गरेको तथ्यांक प्रस्तुत गरिन्।
- सांसद अधिकारीले महिनावारीमैत्री विद्यालय निर्माण, निःशुल्क स्यानिटरी प्याड वितरण, पाठ्यक्रममा महिनावारी स्वास्थ्यसम्बन्धी विषय समावेश तथा वास सुविधा विस्तारका लागि सरकारले थालेका प्रयास प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिइन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले महिनावारीका कारण कुनै पनि बालिका तथा किशोरी विद्यालयबाट वञ्चित हुन नपर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद अधिकारीले महिनावारी महिलाको जीवनचक्रको स्वाभाविक जैविक प्रक्रिया भए पनि त्यसकै कारण बालिका तथा किशोरीले विद्यालय छुटाउनुपर्ने, लाज र डरका कारण आफ्ना समस्या लुकाउनुपर्ने वा आफ्ना सपना रोक्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताइन्।
उनले सेभ द चिल्ड्रेनको अध्ययन उद्धृत गर्दै नेपालमा सर्वेक्षण गरिएका ५५.६ प्रतिशत बालिका महिनावारीका समयमा कहिल्यै वा कहिलेकाहीँ विद्यालय अनुपस्थित हुने गरेको तथा १७.८ प्रतिशत बालिका महिनावारी अवधिभर नै विद्यालय जान नसक्ने अवस्था रहेको उल्लेख गरिन्। यो केवल विद्यालय अनुपस्थितिको विषय नभई सिकाइ, आत्मविश्वास र भविष्यका अवसरसँग जोडिएको गम्भीर चुनौती भएको उनको भनाइ थियो।
अधिकारीले समस्या महिनावारीमा नभई समाजको सोच, विद्यालयको संरचना र व्यवस्थापनमा रहेको उल्लेख गर्दै सार्वजनिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण, पाठ्यक्रममा महिनावारी स्वास्थ्यसम्बन्धी विषय समावेश तथा खानेपानी र सरसफाइका सुविधा विस्तारका लागि सरकारले थालेका प्रयास सकारात्मक भए पनि ती कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिइन्।
अहिले पनि धेरै विद्यालयमा छात्रामैत्री शौचालय, स्वच्छ पानी, साबुन, प्याड परिवर्तन गर्ने सुरक्षित स्थान तथा प्रयोग गरिएका प्याडको उचित व्यवस्थापनको अभाव रहेको उल्लेख गर्दै उनले महिनावारीलाई लाज, अपवित्रता र विभेदसँग जोड्ने सामाजिक सोच अन्त्य गर्न आवश्यक रहेको बताइन्।
उनले प्रत्येक सामुदायिक विद्यालयमा पर्याप्तमहिनावारीमैत्री विद्यालय निर्माण गर्न सरकारसँग लिमा अधिकारीको माग स्यानिटरी प्याडको नियमित आपूर्ति, सुरक्षित छात्रामैत्री शौचालय, स्वच्छ पानी, साबुन, प्याड परिवर्तन गर्ने स्थान तथा वातावरणमैत्री विसर्जन प्रणालीसहित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी सुविधा सुनिश्चित गर्न सरकारसँग माग गरिन्।
साथै महिनावारीसम्बन्धी गलत धारणा र छाउपडीजस्ता हानिकारक अभ्यास अन्त्य गर्न विद्यालय, अभिभावक, स्थानीय तह, स्वास्थ्य संस्था तथा सञ्चारमाध्यमको सहकार्यमा राष्ट्रिय जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिइन्।
महिनावारीका कारण कुनै पनि बालिका तथा किशोरीको पढाइ नरोकिने, आत्मविश्वास नटुट्ने र सपना अधुरा नहुने वातावरण निर्माण गर्न सरकारका कार्यक्रमलाई अझ प्रभावकारी, समावेशी र परिणाममुखी बनाउनुपर्ने उनले बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजनजिक ओमानको तटमा तीन तेल ट्यांकरमाथि आक्रमण
-
‘५० हजार जरिवानाको कुरा भ्रम मात्रै, जरिवाना तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था’
-
गृहमन्त्री र मिटरब्याज पीडितबिच दोस्रो चरणको वार्ता सम्पन्न, माग पूरा नभए काठमाडौँतर्फको यात्रा अघि बढाउने चेतावनी
-
पूर्वमुख्यमन्त्री रावलको भाइरल भिडियो : के भएकाे थियाे ?
-
जोखिमयुक्त सडक वर्षाको समयमा बन्द गरेर भए पनि नागरिकको सुरक्षा गरिन्छ : मन्त्री लम्साल
-
चार महिनापछि इरानी संसद्मा पहिलो सार्वजनिक बैठक, होर्मुजसम्बन्धी विधेयक दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण