आफ्नै संस्थाका कार्यक्रम निर्देशकलाई स्वर्णिमले बनाए वाणिज्य बैंकको सञ्चालक
सारांश
- अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नै संस्थाकी कार्यक्रम निर्देशक आस्था भट्टलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक बनाएका छन् ।
- शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट भट्टलाई अर्थ मन्त्रालयको तर्फबाट बैंकको सञ्चालकमा नियुक्त गरिएको हो ।
- नियुक्त भट्ट हाल बैंकको दोस्रो वरियताको सञ्चालक बनेकी छिन् ।
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नै संस्थाकी कार्यक्रम निर्देशकलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक बनाएका छन् ।
शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै वाग्लेले उनलाई अर्थ मन्त्रालयको तर्फबाट बैंकको सञ्चालकमा आस्था भट्टलाई नियुक्त गरेका हुन् ।
बैंकमा नियुक्त भएकी भट्ट इन्सिच्युड अफ इन्ट्रिग्रेटेड डेभलपमेन्ट स्टडिजकी कार्यक्रम विशेषज्ञ हुन् । अर्थमन्त्री बन्नु अघिसम्म पनि स्वर्णिम वाग्ले सोही संस्थामा चेयरम्यान एमिरेटस थिए ।
नियुक्त भएकी भट्ट हाल बैंकको दोस्रो वरियताको सञ्चालकको रूपमा रहेकी छिन् । पहिलो वरीयतामा अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाल छन् । अब सञ्चालकहरू मध्येबाट एक जना बैंक सञ्चालक समितिको अध्यक्ष बन्नेछन् ।
राष्ट्रिय वाणिज्य बैंकका डीईओ पवन रेग्मीले मन्त्रीस्तरीय निर्णय अनुसार सञ्चालकको रूपमा नियुक्त भएको र सोमबार कार्यभार सम्हालेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण