नेपाल–भारत दुई दिने संयुक्त ऊर्जा बैठक सुरु
सारांश
- नेपाल–भारत ऊर्जासचिव र सहसचिवस्तरीय १३औँ संयुक्त बैठक पोखरामा सुरु भएको छ ।
- बैठकमा विद्युत् व्यापार, प्रसारण तथा लगानीका विषयमा छलफल हुनेछ ।
- नेपालबाट भारततर्फ थप विद्युत् निर्यातका अवसर तथा द्विपक्षीय सहमतिहरूको कार्यान्वयनको समीक्षा गरिनेछ ।
काठमाडौं । नेपाल–भारत ऊर्जासचिव र सहसचिवस्तरीय १३औँ संयुक्त बैठक मंगलबार र बुधबार पोखरामा सुरु भएको छ । मंगलबार सहसचिवस्तरीय जोइन स्टेयरिङ कमिटी (जेडब्लुजी)को र बुधबार सविचस्तरीय संयुक्त निर्देशक समिति (जेएसी)को बैठक हुने छ ।
बैठकमा विद्युत् व्यापार, प्रसारण तथा लगानीका विषय छलफल हुने एजेन्डा रहेको विद्युत प्राधिकरणले जानकारी दिएको छ । प्रधिकरणका अनुसार सीमापार विद्युत् प्रसारण पूर्वाधार विस्तार, विद्युत् व्यापारलाई थप सहज बनाउने उपाय, नेपालबाट भारततर्फ थप विद्युत् निर्यातका अवसर तथा विगतमा भएका द्विपक्षीय सहमतिहरूको कार्यान्वयनको समीक्षा बैठकका प्रमुख छलफलका विषय रहनेछन्। पोखरामा र सहसचिवस्तरीय जोइन स्टेयरिङ कमिटी (जेडब्लुजी)को बैठक चलिरहेको छ ।
बैठकमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले नेतृत्व गरेका छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको विद्युत् मन्त्रालयमा प्रसारण क्षेत्र हेर्ने सहसचिव पंकज कुमारले गर्नेछन् ।
बुधबारको बैठकलाई सचिव सरिता दवाडीले नेतृत्व गर्नेछिन् । भारतको तर्फबाट परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मनु महावारले नेतृत्व गर्ने प्राधिकरणले जनाएको छ ।
सन् २०१४ मा भएको नेपाल–भारत विद्युत् व्यापार सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण, निर्देशन एवं यस सम्बन्धमा हुने प्रगतिको अनुगमन गर्न सचिवस्तरीय र सहसचिवस्तरीय कार्यदल गठन गरिएको छ । ६–६ महिनामा यसको बैठक बस्ने प्रावधान भए पनि कार्यान्वयन हुन सकेको छैन ।
भारतीय प्रसारणलाइन हुँदै थप २० मेगावाट विद्युत् बिक्री गर्ने गरी नेपाल–बंगलादेशबिच गत मंसिरमा भएको सहमति विषयमा पनि छलफल हुने बताइएको छ । नेपालले भारतीय प्रसारणलाइन हुँदै ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात गर्दै आएको छ । त्यसमा यही बर्खादेखि थप २० मेगावाट विद्युत् निर्यात गर्ने गरी गत मंसिरमा सहमति भएको थियो । तर, भारतले सहमति नदिँदा त्यो लागू हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
-
२२ करोड बक्यौता नतिर्ने अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
-
प्रदेशको उत्पादनलाई प्रोत्साहन : कर्मचारीहरूलाई लगाउन थाले ढाकाको पोसाक
-
मिटरब्याज प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्रिपरिषद्काे निर्णय
-
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण