ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
बुधबार, ३१ असार २०८३, १६ : ३८
सारांश
- ओमानस्थित नेपाली राजदूतावासले मस्कटमा १३ जुलाई २०२६ देखि विद्युतीय राहदानी सेवा सुचारु गरेको छ ।
- एक वर्षभन्दा कम अवधि बाँकी रहेकाले फारम भरी अपोइन्टमेन्ट लिएर वा सिधै दूतावासमा आएर राहदानी नवीकरण गर्न सकिनेछ ।
- सेवाग्राहीको चापअनुसार बिदाको दिन पनि सेवा प्रवाह गरिनेछ र फारम भर्न नसक्नेलाई दूतावासले सहयोग गर्नेछ ।
काठमाडौँ । ओमानस्थित नेपाली राजदूतावासले मस्कटमा १३ जुलाई २०२६ देखि नै विद्युतीय राहदानी सम्बन्धी सेवा सुचारु भइसकेको जानकारी दिएको छ । दूतावासले बुधबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
दूतावासको सूचनामा एक वर्षभन्दा कम राहदानीको अवधि बाँकी रहेका नेपाली नागरिकले फारम भरी अपोइन्टमेन्ट लिएर वा सिधै राजदूतावासमा आएर राहदानी नवीकरण गर्न सक्ने जनाएको छ ।
सेवाग्राहीको चाप तथा आवश्यकताअनुसार आगामी दिनमा बिदाको दिन पनि राहदानी सम्बन्धी सेवा प्रवाह गरिने दूतावासले जनाएको छ । साथै फारम भर्न तथा समय बुक गर्न नजान्नेहरूलाई समेत राजदूतावासले आफै फारम भरिदिई सेवा प्रवाह गरी फारम नभरेकै कारणले फिर्ता नगरेको पनि दूतावासको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण