बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

बिहीबार, ३२ असार २०८३, ११ : २८
बिहीबार, ३२ असार २०८३

सारांश

  • बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दुई आर्थिक विधेयक प्रमाणीकरण गरेका छन् ।
  • प्रमाणीकरण गरिएका विधेयकहरूमा प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३ रहेका छन् ।
  • यी विधेयकहरू असार २० गतेको प्रदेशसभा बैठकबाट पारित भएका थिए ।

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित भएका दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख देवकोटाले ‘प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ र ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन् ।

यही असार २० गतेको प्रदेशसभा बैठकले ती विधेयक पारित गरेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप