ट्विटरको डीएमदेखि विवाहसम्म: निक र प्रियंकाको पहिलो कुराकानीको स्क्रिनसट भाइरल
सारांश
- प्रियंका चोपडा र निक जोनासले आफ्नो प्रेम जीवनबारे खुलासा गर्दै १० वर्षअघिको पहिलो डाइरेक्ट म्यासेज (डीएम) को स्क्रिनसट सेयर गरेका छन्।
- निकले प्रियंकालाई पहिलो म्यासेजमा भेट्ने इच्छा व्यक्त गरेका थिए र प्रियंकाले आफ्नो टिमले पनि सोसल मिडिया अकाउन्ट चलाउने भन्दै फोनमा कुरा गर्न प्रस्ताव गरेकी थिइन्।
- यो सामाजिक सञ्जालको कुराकानीपछि उनीहरूको सम्बन्ध अगाडि बढेको थियो र सन् २०१८ मा उनीहरूको विवाह भएको थियो।
मुम्बई । ग्लोबल आइकन प्रियंका चोपडा र अमेरिकी पप स्टार निक जोनासको प्रेमकथा कुनै फिल्मी स्क्रिप्टभन्दा कम छैन।
हालै ‘जोनास ब्रदर्स’ को पोडकास्टमा यस स्टार जोडीले आफ्नो प्रेम जीवनसँग जोडिएका कैयौँ चाखलाग्दा खुलासा गरेका छन्। यस क्रममा निक जोनासले १० वर्षअघि प्रियंका चोपडासँग प्रेमको सुरुवात गराउने पहिलो डाइरेक्ट म्यासेज (डीएम) को समेत चर्चा गरे।
पोडकास्टका क्रममा निकले प्रियंकासँग भएको पहिलो कुराकानीको स्क्रिनसट सेयर गर्दै कसरी डेटिङको सुरुवात भयो भन्नेबारे बताए। निकका अनुसार उनका भाइ केभिन जोनासले पहिलो पटक प्रियंकाको शो ‘क्वान्टिको’ बारे जानकारी दिएका थिए। निकले बिलबोर्डमा सो शोको पोस्टर देखेपछि घर पुगेर तुरुन्तै प्रियंकालाई म्यासेज पठाएका थिए।
‘मैले सनसेट बुलेवार्डमा माथि हेरेँ र त्यहाँ प्रियंकाको अनुहार भएको एउटा ठूलो बिलबोर्ड थियो,’ निकले भने, ‘त्यसको लगत्तै मैले प्रियंकाले मलाई एक्स (ट्विटर) मा फलो गर्छिन् कि गर्दिनन् भनेर हेरेँ र भाग्यवश उनी मलाई पहिलेदेखि नै फलो गरिरहेकी रहिछन्।’ त्यसपछि आफूले ढिला नगरी प्रियंकालाई पहिलो म्यासेज पठाएको उनले बताए।
पोडकास्टमा देखाइएको स्क्रिनसट अनुसार निकले आफ्नो पहिलो म्यासेजमा लेखेका थिए, ‘हेलो, मैले केही मानिसहरूबाट सुनेको छु कि हामी भेट्नुपर्छ। म पनि उनीहरूको कुरामा पूर्ण सहमत छु। के तिमी चाँडै कहिल्यै लस एन्जलस आउँदैछौ?’
यसको जवाफमा प्रियंकाले लेखेकी थिइन्, ‘हे, ग्राहमले मलाई तिम्रो बारेमा धेरै कुरा बताएका छन्। फोनमा टेक्स्ट गरौँ, त्यो बढी प्राइभेट हुनेछ किनभने मेरो यो सोसल मिडिया अकाउन्ट मेरो टिमले पनि चलाउँछ।’
पोडकास्टमा जब जो र केभिनले यो च्याट पढेर सुनाए, तब प्रियंका र निक आफ्नो हाँसो रोक्न सकिरहेका थिएनन् र एक-अर्काको हात समातेर लजाइरहेका देखिन्थे।
यो सामाजिक सञ्जालको कुराकानीपछि उनीहरूबिच निकटता बढ्दै गयो। सन् २०१७ मा प्रियंका र निक पहिलो पटक ‘भ्यानिटी फेयर अस्कर्स आफ्टर-पार्टी’ मा प्रत्यक्ष भेटेका थिए। त्यसपछि उनीहरू मेट गाला २०१७ मा सँगै देखिएपछि उनीहरूको सम्बन्धको चर्चाले बजार पायो।
सन् २०१८ मा निक जोनासले प्रियंका चोपडालाई विवाहको प्रस्ताव राखेका थिए। त्यसपछि डिसेम्बर २०१८ मा उनीहरूले भारतको उदयपुरमा हिन्दु र क्रिस्चियन रीतिरिवाज अनुसार भव्य रूपमा विवाह गरे। विवाहको चार वर्षपछि अर्थात् सन् २०२२ मा यस जोडीले सरोगेसीमार्फत आफ्नी छोरी मालती म्यारी चोपडा जोनासलाई स्वागत गरे।
कामको कुरा गर्दा, प्रियंका चोपडा चाँडै नै चलचित्र ‘वाराणसी’ मार्फत करिब आठ वर्षपछि भारतीय सिनेमामा पुनरागमन गर्दैछिन्। यस चलचित्रमा साउथ सुपरस्टार महेश बाबु र पृथ्वीराज सुकुमारन पनि मुख्य भूमिकामा छन्। एसएस राजामौलीले निर्देशन गरिरहेको यो चलचित्र हाल निर्माणको चरणमा छ र यो अप्रिल २०२७ मा सिनेमाघरहरूमा प्रदर्शन हुन सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण