बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बैतडीमा ट्र्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

बिहीबार, ३२ असार २०८३, १६ : ३१
बिहीबार, ३२ असार २०८३

सारांश

  • बैतडीको पुर्चौडी नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
  • बिहीबार दिउँसो करिब ३ बजेर ३० मिनेटमा पुर्चौडी नगरपालिका–१ रोतेशिला क्षेत्रमा ट्र्याक्टर दुर्घटनामा परेको हो।
  • दुर्घटनामा ट्र्याक्टर चालक ४४ वर्षीय देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको हो।

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीबार दिउँसो करिब ३ बजेर ३० मिनेटमा पुर्चौडी नगरपालिका–१ रोतेशिला क्षेत्रमा पुरघाटबाट ढोल्यामोडतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ त १६०० नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो।

दुर्घटनामा ट्र्याक्टर चालक कञ्चनपुरको तत्कालीन सुडा गाविस–८ हाल भीमदत्त नगरपालिका निवासी ४४ वर्षीय देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन तिमल्सिनाले जानकारी दिए।

प्रहरीका अनुसार ट्र्याक्टर सडकबाट करिब २० देखि २५ मिटर तल खसेको थियो। दुर्घटनाका समयमा ट्र्याक्टरमा चालकबाहेक अन्य कोही सवार नरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप