बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
गण्डकी प्रदेश

सत्ता समीकरणबारे छलफल गर्न गण्डकी एमालेको बैठक बस्दै

बिहीबार, ३२ असार २०८३, १७ : २४
बिहीबार, ३२ असार २०८३

सारांश

  • सत्ता परिवर्तनको प्रभाव गण्डकी प्रदेशसम्म आइपुगेपछि नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
  • दलका नेता खगराज अधिकारीको नेतृत्वमा बस्ने बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय लिनेछ ।
  • नेपाली कांग्रेसले सातै प्रदेशमा एमालेसँगको साझेदारी तोड्ने निर्णय गरेपछि गण्डकीमा गठबन्धन परिवर्तनको सम्भावना बढेको छ ।

पोखरा । सूदूरपश्चिमबाट प्रवेश भएको सत्ता परिवर्तनको आगो गण्डकीसम्म पनि आइपुगेको छ । यसबारे छलफल गरी निर्णय लिन अहिले सत्ता साझेदार दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । 

दलका नेता खगराज अधिकारीको नेतृत्वमा बस्ने बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे छलफल गर्ने र आवश्यक निर्णय लिने बताइएको छ । एमालेका अधिकांश सांसदहरू गण्डकीमा अहिलेकै गठबन्धन कायम हुनुपर्ने पक्षमा छन् । 

यद्यपि, केन्द्रीय निर्णयका कारण सत्ता गठबन्धन बदलिने पक्कापक्की छ । नेपाली कांग्रेसले सातै प्रदेशमा एमालेसँगको साझेदारी तोड्ने निर्णय पदाधिकारी बैठकबाट गरिसकेको छ । 

यसपछि एमाले दलका नेता अधिकारी काठमाडौँ पुगेर फर्किएका छन् । यसमै छलफल गर्न मुख्यमन्त्री तथा कांग्रेस दलका नेता सुरेन्द्रराज पाण्डे पनि काठमाडौँ पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप