फोटोफिचर
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
बिहीबार, ३२ असार २०८३, १७ : २९
सारांश
- केही बेर परेको भारी वर्षाका कारण संघीय राजधानी काठमाडौँका विभिन्न सडक तथा चोकहरू जलमग्न भएका छन्।
- विशेषगरी माइतीघर क्षेत्रमा सडकभरि पानी जमेका कारण सवारी साधनको आवतजावत प्रभावित भएको छ।
- सडक जलमग्न भएपछि सवारी जाम सिर्जना भएको छ भने पैदलयात्रीहरूलाई बाटो काट्न सास्ती भएको छ।
काठमाडौँ । संघीय राजधानी काठमाडौँमा केही बेर परेको भारी वर्षाका कारण विभिन्न सडक तथा चोकहरू जलमग्न भएका छन्।
वर्षाका कारण सडकमा पानीको निकास हुन नसक्दा ठाउँ–ठाउँमा पानी जमेर पोखरी जस्तै बनेको छ।

विशेषगरी मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाट केही मिटर मात्रै टाढा रहेको माइतीघर क्षेत्रमा सडकभरि पानी भरिएको छ। मुख्य सडकमै पानी जमेका कारण सो क्षेत्र भएर चल्ने सवारी साधनको आवतजावत समेत नराम्ररी प्रभावित भएको छ।

सडक जलमग्न भएपछि सवारी चालकहरू लेन अनुशासन कायम राख्दै अघि बढ्न नसक्दा माइतीघर र आसपासका क्षेत्रमा सवारी जाम समेत सिर्जना भएको छ भने पैदलयात्रीहरूलाई बाटो काट्न निकै सास्ती भएको छ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण