प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
सारांश
- मिटरब्याज पीडितहरू सरकारसँग वार्ता गर्न बारामा सहमति नभएपछि काठमाडौँ आउन लागेका छन् ।
- गृहमन्त्री सुधन गुरुङले पीडितका वार्ता टोलीका सदस्यहरूलाई सिमराबाट काठमाडौँका लागि विमान चढाएका छन् ।
- अवधेश कुश्वाहाको संयोजकत्वमा गठन भएको वार्ता समिति काठमाडौँ आउँदैछ ।
काठमाडौँ । मिटरब्याज पीडितहरू सरकारसँग वार्ता गर्न काठमाडौँ आउन लागेका छन् । बिहीबार बेलुका उनीहरु सिमरा हुँदै विमान चढेर काठमाडाैँ आउन लागेका हुन् ।
गृहमन्त्री गुरुङले पीडितका तर्फबाट वार्ता टोलीमा रहेका सदस्यहरूलाई सिमराबाट काठमाडौँका लागि विमान चढाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
पीडितहरूले अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । कुशहवासहित मनोज कुमार पासमान, रिजन राना मगर, लक्ष्मी घिमिरे र किरण परियार काठमाडौँ आउन लागेका हुन् ।
सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्नका लागि वार्ता टोली गठन गरेको थियो ।
सरकारी वार्ता टोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा गठित उक्त टोलीमा अर्थ, गृह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण