आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
सारांश
- नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) ले आईएसएफ फुटबल विश्वकपका लागि ४५ जना खेलाडीको प्रारम्भिक छनोट सूची सार्वजनिक गरेको छ।
- च्यासलमा भएको छनोट प्रतियोगितामा करिब ३ सय खेलाडीमध्येबाट ४५ जना खेलाडी छनोट गरिएका हुन्।
- चीनमा हुने आईएसएफ फुटबल विश्वकपका लागि यी ४५ खेलाडीमध्येबाट अन्तिम २० खेलाडी छनोट गरिनेछ।
काठमाडौँ । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) ले आईएसएफ फुटबल विश्वकपका लागि ४५ जना खेलाडीको प्रारम्भिक छनोट सूची सार्वजनिक गरेको छ।
बुधबार च्यासलमा भएको छनोट प्रतियोगितामा सहभागी करिब ३ सय खेलाडीमध्येबाट उनीहरूलाई छनोट गरिएको एनएसएसएफका महासचिव राजकुमार कार्कीले जानकारी दिए।
प्रारम्भिक छनोटमा पर्ने खेलाडीहरूमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजंग सिंह बस्नेत, जोसन मोक्तान, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सागरबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अन्शुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई, आकृष्ट महत, आशिष पाण्डे, दीप खत्री, कृष्ण गुरुङ, रोहन घिसिङ, हिमाल थिङ, रुविन जोहान गुरुङ, कृष्चल थापा, अभिषेककुमार पटेल, अनिल आईडी, दिपेश बोहरा, आइज्याक शाही, क्रेयश सापकोटा, कुसुम प्रसाईं र मन्दिप ढुंगेल छन्।
यसैगरी मौलिक थापा मगर, न्युसन खड्गी, निसान तामाङ, निभान बाडे, सविन थापा मगर, सचित गंगाल, सागर श्रेष्ठ, साहिल राई थापा, समिर तामाङ, सुजन स्याङ्तान, सुमन रोकाया, सुरज बसाइली, सुरज जाइगदी, स्वराज अधिकारी, तेन्जिङ शेर्पा, याहान लिम्बू र युवराज शाही पनि छनोटमा परेका छन्।
आईएसएफका कार्यकारी सदस्यसमेत रहेका महासचिव कार्कीका अनुसार यी ४५ खेलाडीमध्येबाट अक्टोबर १७ देखि २६ तारिखसम्म चीनमा हुने आईएसएफ फुटबल विश्वकपका लागि अन्तिम २० खेलाडी छनोट गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण