शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

धनुषामा खैरो हेरोइन र गोलीसहित एक युवक पक्राउ

शनिबार, ०२ साउन २०८३, १२ : १९
शनिबार, ०२ साउन २०८३

सारांश

  • धनुषाको गणेशमान चारनाथ नगरपालिका–०३ श्रीरामपुरबाट खैरो हेरोइन र सर्टगनको तीन राउण्ड गोलीसहित एक युवक पक्राउ परेका छन् ।
  • विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय २० वर्षीय मुकेश दासलाई लागुऔषध र गोलीसहित नियन्त्रणमा लिएको हो ।
  • प्रहरीले दासको घरमा खानतलासी गर्दा सर्टगनको तीन राउण्ड गोली र खल्तीबाट ०.११० मिलिग्राम खैरो हेरोइन फेला पारेको छ ।

धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका–०३ श्रीरामपुरबाट खैरो हेरोइन र सर्टगनको तीन राउण्ड गोलीसहित एक युवक पक्राउ परेका छन् । 

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय २० वर्षीय मुकेश दासलाई लागुऔषध र गोलीसहित नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले दासको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखिएको अवस्थामा सर्टगनको तीन राउण्ड गोली बरामद गरेको थियो । साथै, प्रहरीले उनको शरीर खानतलासी गर्दा उनले लगाएको ट्र्याकसुटको पाइन्टको खल्तीबाट ०.११० मिलिग्राम खैरो हेरोइन समेत फेला पारेको छ ।

बरामद भएको लागुऔषध र गोलीसहित दासलाई नियन्त्रणमा लिएर प्रहरीले यस घटनाको सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप