आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक

आइतबार, ०३ साउन २०८३, ०४ : १६
आइतबार, ०३ साउन २०८३

सारांश

  • फ्रान्सले फिफा विश्वकप २०२६ को तेस्रो स्थानको भिडन्तमा अकल्पनीय र ऐतिहासिक पुनरागमनको प्रयास गरिरहेको छ।
  • खेलको ६६ औँ मिनेटमा किलियन एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरे।
  • यस गोलसँगै फ्रान्सले गोल अन्तरलाई १ मा झारेको छ र खेल ३-४ को रोमाञ्चक स्थितिमा पुगेको छ।

काठमाडाैँ । मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) को भिडन्तमा फ्रान्सले अकल्पनीय र ऐतिहासिक पुनरागमनको प्रयास जारी राखेको छ । खेलको ६६ औँ मिनेटमा स्टार फरवार्ड किलियन एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै गोल अन्तरलाई मात्र १ मा झारेर खेललाई ३–४ को अत्यन्तै रोमाञ्चक स्थितिमा ल्याएका छन् ।

पहिलो हाफमा ४–० को विशाल गोल अन्तरले पछि परेको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट लय समात्दै लगातार तीन गोल फर्काउन सफल भएको छ। ६६ औँ मिनेटमा जर्सी नम्बर १० का फरवार्ड एम्बाप्पेले सानदार गोल गर्दै फ्रान्सको आशलाई जीवितै राखेका हुन्।

यस गोलसँगै एम्बाप्पेले जारी विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या १० पुर्‍याएका छन् र उनी १० गोलसहित गोल्डेन बुटको दौडमा अग्रस्थानमा रहेका छन् । ४८ औँ मिनेटमा एम्बाप्पेले फ्रान्सका लागि पहिलो गोल गरेका थिए भने ५४ औँ मिनेटमा उनको पासमा ब्राड्ली बारकोलाले दोस्रो गोल गरेका थिए । ६६ औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि पहिलो हाफमा ४ गोलको विशाल अग्रता बनाएको इङ्गल्याण्डको रक्षापंक्ति पूर्ण रूपमा हतास र दबाबमा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप