म्याड्रिडको उत्तरमा लागेको डढेलोले १२ हजार हेक्टर जङ्गल विनास
काठमाडाैँ। म्याड्रिडबाट १०० किलोमिटर उत्तरतर्फ फैलिएको भीषण डढेलोले १२ हजार हेक्टरभन्दा बढी क्षेत्र जलेर नष्ट गरेको छ । सयौँ मानिसहरूलाई सुरक्षित स्थानमा सार्नुपरेको स्थानीय अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।
गत बिहीबार ग्वाडालाजारा प्रान्तमा सुरु भएको यो आगो सिएरा नोर्टे प्राकृतिक निकुञ्जसमेत रहेको क्षेत्रमा फैलिएको हो। हालसम्म कुनै मानवीय क्षति भएको छैन, तर क्षेत्रीय अध्यक्ष एमिलियानो गार्सिया पेज र स्थानीय अधिकारीहरूले यसलाई नियन्त्रण गर्न ‘कठिन’ डढेलो बताएका छन्।
डढेलो चील, ब्वाँसो र पुतलीजस्ता लोपोन्मुख प्रजातिका जनावरहरू बसोबास गर्ने जङ्गलले ढाकिएको पहाडी क्षेत्रमा सुरु भएको हो। यो घटना बुधबार जारागोजाको नजिक सुरु भएको अर्को भीषण डढेलोको लगत्तै भएको हो। त्यसले हालसम्म १६ हजार हेक्टरभन्दा बढी क्षेत्र विनास गरेको छ र अझै नियन्त्रणमा आएको छैन।
यी डढेलोबाट कुनै मानवीय क्षति भएको रिपोर्ट भने आएको छैन। यो महिनाको सुरुतिर स्पेनले आफ्नो हालैको इतिहासमा सबैभन्दा घातक डढेलोको सामना गर्नुपरेको थियो। दक्षिणी अल्मेरिया प्रान्तमा भएको त्यस डढेलोमा१३ जनाको मृत्यु भएको थियो र सात हजार हेक्टर क्षेत्र नष्ट भएको थियो।
स्पेनले पछिल्ला वर्षहरूमा स्पेनमा लामा समय र बारम्बार उष्णलहरको सामना गर्नुपरेको छ । स्पेनका कतिपय प्रभावित भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने गरेको छ। यस्तो अवस्थाले विनाशकारी आगलागी निम्त्याउने गरेको छ।
वैज्ञानिकहरूका अनुसार मानवीय कारणले भएको जलवायु परिवर्तनले उष्ण लहरको अवधि, तीव्रता र बारम्बारता बढाएको छ, जसले वनस्पतिलाई सुकाएर आगलागीको जोखिम बढाउँछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण