मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल

सोमबार, ०४ साउन २०८३, ०५ : ४५
सोमबार, ०४ साउन २०८३

सारांश

  • वि.सं. २०८३ साल साउन ४ गते सोमबारको राशिफल अनुसार मेष राशिका लागि विवाद वा प्रतिस्पर्धामा पछि परिने योग छ ।
  • वृष राशिका लागि वंश वृद्धिको योग छ भने बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा लगानी गरी धन आर्जन गर्न सकिनेछ ।
  • मिथुन राशिका लागि कार्य सम्पादनमा आफ्नैहरूले बाधा गर्ने योग छ, तर कृषि, पशुपालन तथा पुर्खौली पेसाबाट धन आर्जन गर्न सकिनेछ ।

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल साउन ४ गते । सोमबार । इस्वी सन् २०२६ जुलाई २० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वर्षा ऋतु । श्रीशाके १९४८ । आषाढ शुक्लपक्ष । तिथि–षष्ठी, बिहान ७ बजेर १२ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–हस्त, बेलुकी ११ बजेर १५ मिनेट उप्रान्त चित्रा । योग–शिव, बेलुकी ११ बजेर २० मिनेट उप्रान्त सिद्ध । करण–तैतिल, बिहान ७ बजेर १२ मिनेट उप्रान्त गर, बेलुकी ७ बजेर ९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–कन्या ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर २१ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी २ पला ।

आजको बार बेला ।

  • बिहान ५ बजेर २१ मिनेटसम्म अमृत बेला ।
  • बिहान ५ बजेर २२ मिनेटदेखि बिहान ७ बजेर ३ मिनेटसम्म काल बेला ।
  • बिहान ७ बजेर ४ मिनेटदेखि बिहान ८ बजेर ४५ मिनेटसम्म शुभ बेला ।
  • बिहान ८ बजेर ४६ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म रोग बेला ।
  • बिहान १० बजेर २८ मिनेटदेखि बिहान १२ बजेर ९ मिनेटसम्म उद्वेग बेला ।
  • दिउँसो १२ बजेर १० मिनेटदेखि दिउँसो १ बजेर ५२ मिनेटसम्म चर बेला ।
  • दिउँसो १ बजेर ५३ मिनेटदेखि दिउँसो ३ बजेर ३४ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो ३ बजेर ३५ मिनेटदेखि बेलुकी ५ बजेर १६ मिनेटसम्म अमृत बेला ।
  • बेलुकी ५ बजेर १७ मिनेटदेखि बेलुकी ८ बजेर १६ मिनेटसम्म चर बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ७ बजेर ३ मिनेटदेखि बिहान ८ बजेर ४५ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ  ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ४५ मिनेटदेखि बिहान ४ बजेर ३३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विवाद वा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । मुद्दा मामिला तथा यस्तै क्रियाकलापमा सामेल नहुनु नै राम्रो रहेको छ । आफन्त तथा कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेको छ । शत्रुहरूले टाउको उठाउन खोज्नेछन् ध्यान दिनुहोला । तपाईँको कामबाट अरूले फाइदा लिन खोज्नेछन् । स्वास्थ्यमा सामान्य समस्या आई खर्च बढ्नेछ । तर पनि व्यापार वा वित्तीय क्षेत्रबाट आम्दानी हुने योग रहेको छ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) वंश वृद्धिको योग रहेको छ भने आफन्त तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुने योग रहेको छ । छोटो दुरीको रमाइलो यात्राको योग रहेको छ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई आफ्नो प्रस्तुति दिने अवसर प्राप्त हुनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कार्य सम्पादन गर्ने सवालमा आफ्नै भन्नेहरूले बाधा तथा अवरोध गर्नेछन् । काममा खुट्टा तान्नेहरू सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाढिने योग रहेको छ । व्यापारमा लगानी गर्नको लागी केही समय धैर्य धारण गर्नुहोला । नचाहँदा नचाहँदै पुराना सम्झौताहरू भङ्ग गर्नुपर्दा मन खिन्न हुनेछ । तर पनि कृषि, पशुपालन तथा पुर्खौली पेसाबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पारिवारिक असमझ्दारिले कामहरू गर्न केही कठिनाइ हुनेछ भने दाजुभाइसँग विवाद बढ्ने योग रहेको छ । काम गर्नको लागी गरिने यात्रा कष्टप्रद हुन सक्छ । व्यापारमा लगानी गरिहाल्ने समय रहेको छैन । प्रेममा अरूकै नकारात्मक टिका टिप्पणीले अविश्वास बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आट तथा पराक्रम गर्न नसक्दा हातमै आउन लागेको काम फुत्कनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरू समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जाँगर बढेर आउनेछ । व्यापार तथा शेयर बजारमा लगानी गरी आम्दानीका बाटाहरू फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँ कामको प्रस्ताव आउनेछ भने गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ । खाेजीमुलक क्षेत्रमा रुचि बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । पुँजी बजारमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खर्च बढ्ने तथा काम नहुने प्रशस्त सम्भावना रहेको छ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसी खर्च व्यवस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च हुने योग रहेको छ । व्यवसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । तर पनि छोटो दुरीको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सञ्चित धन सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । इच्छा तथा चाहना बुझ्न सकिने हुनाले प्रेममा उमङ्ग छाउनेछ । पढाइ लेखाइमा मन जाने हुनाले चाहेको सफलता चुम्न सकिनेछ । आफन्त तथा दाजुभाइको सहयोगले सवारी साधनको खरिद गर्न सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।  
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारी ओहोदामा बसेर सेवा प्रवाह गर्नेहरूले दुःख दिन सक्छन् । व्यापार तथा शेयर बजारमा लगानी गरे पनि आम्दानी कमै हुनेछ । अध्ययनमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ । पारिवारिक सम्बन्धमा चिसोपनको महसुस हुनेछ भने आफन्तहरू टाढिने हुँदा मन खिन्न रहनेछ । तर पनि साङ्गीतिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  धार्मिक तथा पढाइ लेखाइकै सवालमा लामो दुरीको यात्रा हुनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा बलियो उपस्थिति रहनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रको लगानी फस्टाएर जानेछ भने व्यापारकै सवालमा देश विदेशको यात्रा हुनेछ । प्रशासनिक क्षेत्रमा गतिलो तथा सम्मानजनक उपस्थिति रहनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सङ्कट व्यवस्थापनमा चालिएका कदमहरू निरर्थक हुनेछन् । गोप्य योजनाहरू बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरूले पनि सहयोग गर्ने छैनन् । अल्छी गर्ने बानिले काम बाकी रहनेछ भने शरीर स्वास्थ्य नहुनाले आलस्ययता बढेर जानेछ । व्यापारमा लगानी गरी हाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ । तर पनि शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट थोरै भए पनि नाफा कमाउन सकिनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारको सिलसिलामा लामो दुरीको यात्राको अधिक सम्भावना रहेको छ । व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । अध्ययन, लेखन, कला साहित्य तथा गीत सङ्गीतमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्नेछ । भौतिक साधनहरू जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप