पदक विजेता टेबलटेनिस खेलाडीहरू पाँच दिने भ्रमणका लागि थाइल्यान्ड प्रस्थान
सारांश
- सातौँ इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडीहरू थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्।
- इन्टरटेन्मेन्ट टेबलटेनिस (इटीटी) समूहले इटीटी टेबलटेनिसका स्वर्ण विजेता र ४२औँ राष्ट्रिय टेबलटेनिसका स्वर्ण तथा रजत विजेतालाई पाँचदिने बैंकक भ्रमणको प्याकेज प्रदान गरेको हो।
- ४२औँ राष्ट्रिय टेबलटेनिसका स्वर्ण विजेता संयोग कपाली एसियाली खेलकुदको प्रशिक्षणमा रहेकाले उनीबाहेकका खेलाडीहरू बैंकक भ्रमणमा गएका छन्।
काठमाडौँ। सातौँ इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडीहरू सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्।
इन्टरटेन्मेन्ट टेबलटेनिस (इटीटी) समूहको आयोजनामा भएको इटीटी टेबलटेनिसको टिम इभेन्टका स्वर्ण विजेता महेश श्रेष्ठ, दिक्षा दाहाल र रनोज थकु तथा ४२ औँ राष्ट्रिय टेबलटेनिसका रजत विजेता एलेक्स महर्जन थाइल्यान्ड प्रस्थान गरेका हुन्।
इटीटीले इटीटी टेबलटेनिसका स्वर्ण विजेता टोलीका सदस्य र ४२ औँ राष्ट्रिय टेबलटेनिसका स्वर्ण र रजत विजेतालाई पाँचदिने बैंकक भ्रमणको ‘प्याकेज’ प्रदान गर्ने घोषणा गरेको थियो। सोही घोषणा अनुसार खेलाडीहरूलाई उक्त प्याकेज प्रदान गरिएको हो। ४२ औँ राष्ट्रिय टेबलटेनिसका स्वर्ण विजेता संयोग कपाली भने २० औँ एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि दक्षिण कोरियाको सिओलमा रहेकाले एलेक्स मात्र बैंकक गएका हुन्।
खेलाडीहरूलाई इटीटीका अध्यक्ष सुमन खड्गी, इटीटी टेबलटेनिसको छैटौँ संस्करणका विजेता राजेन्द्र वज्राचार्य, अनिता महर्जन, मुकेश महर्जन लगायतले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।
बिदाइका क्रममा अध्यक्ष खड्गीले खेलाडीहरूलाई छुट्टै वातावरणमा आराम गर्न यो अवसर फलदायी हुने विश्वास व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण