एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल र मातहतका अस्पताल तथा केन्द्रबाट गत आर्थिक वर्ष २०८२/०८३ मा तीन लाख ८१ हजार २६ जनाले स्वास्थ्य सेवा लिएका छन्।
अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार त्यस अवधिमा भरतपुर आँखा अस्पतालबाट एक लाख ७९ हजार २६, उकालोको सिटि क्लिनिकबाट १९ हजार ५३८ तथा अन्य सबै खालका शिविरबाट ४२ हजार २७० जनाले आँखा परीक्षणसहित विभिन्न सेवा लिएका छन्।
त्यस्तै, विद्यालयमा सञ्चालित शिविरबाट ४६ हजार ८५ जना विद्यार्थी लाभान्वित भएका छन्। दुईवटा सेकेन्डरी आँखा अस्पतालमा २७ हजार ३५७ जना, दुईवटा सर्जिकल आई केयर सेन्टरमा नौ हजार ४६४ र १९ वटा आँखा उपचार केन्द्रबाट ५७ हजार २८६ जनाले सेवा लिएका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६ प्रतिशत बढी हो।
अघिल्लो आर्थिक वर्षको तुलनामा विद्यालयको शिविरमा ६० प्रतिशतभन्दा बढीको आँखा परीक्षण गरिएको छ। घिमिरेका अनुसार अघिल्लो आर्थिक वर्षमा २८ हजार ७६४ जना विद्यार्थीको मात्र आँखा परीक्षण गरिएको थियो। सेकेन्डरी आँखा अस्पतालबाहेक अन्य सबै निकायमा अघिल्लो वर्षको तुलनामा धेरै बिरामीलाई सेवा दिइएको छ।
गत आर्थिक वर्षमा ११ हजार ६३९ जनाको आँखाको शल्यक्रिया गरिएको छ। अघिल्लो आर्थिक वर्षमा भने ११ हजार ३२३ जनाको आँखाको शल्यक्रिया गरिएको थियो।
नेपाल नेत्रज्योति सङ्घ चितवनका सभापति जयराम श्रेष्ठ आँखा उपचारमा भरतपुर आँखा अस्पतालले दिएको विशिष्टीकृत सेवाका कारण बिरामीको आकर्षण बढेको बताउँछन्। गुणस्तरीय सेवा प्रदान गर्न अस्पतालको टोली निरन्तर लागिपरेको उनको भनाइ छ।
भरतपुर आँखा अस्पताल मातहत कावासोती र पर्साको ठोरीमा सेकेन्डरी अस्पताल तथा चोरमाराको मध्यविन्दु र सर्लाहीको ईश्वरपुरमा सर्जिकल सेन्टर सञ्चालनमा रहेका छन्। भरतपुरको ओरालोमा सिटी क्लिनिक छ भने १९ वटा आँखा उपचार केन्द्र विभिन्न जिल्लामा सञ्चालित छन्। सङ्घले सर्लाहीको हरिपुर र धादिङको नेत्रावतीमा पनि नयाँ उपचार केन्द्र सुरु गर्ने तयारी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण