कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
सारांश
- कीर्तिपुरको ट्याङ्लाफाँटमा कारभित्र जलेको अवस्थामा भेटिएको पुरुषको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ।
- नबिल बैंकबाट ऋण लिएर किस्तामा खरिद गरिएको बा.५ च ३०३८ नम्बरको किया गाडीमा आगलागी हुँदा चालकको मृत्यु भएको हो।
- कार धनी र चालक एकै व्यक्ति हुन् कि होइनन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा भेटिएका एक जना पुरुषको शव निकालिएको छ । प्रहरीले शव निकालेर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।
कीर्तिपुरको ट्याङ्लाफाँट स्थित चाँदनी चोकमा मंगलबार बिहान ११ बजेर २० मिनेटमा अचानक कारमा आगलागी भएको हो ।
आगलागीमा परेर कार चालक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले रातोपाटीलाई बताए । आगलागी भएको बा.५ च ३०३८ नम्बरको कार नबिल बैंकबाट ऋण लिएर किस्तामा खरिद गरेको भेटिएको छ ।
कार धनीको पहिचान भए पनि चालक र धनी एकै हुन कि होइनन् भन्नेबारे अनुसन्धान भइरहेको एसएसपी घिमिरेले जानकारी दिए । सेतो रङ्गको किया गाडी चाँदनी चोकमा आएर रोकिएको र सुरुमा गाडीभित्रबाट सानो आगो सल्केको देखिएको प्रत्यक्षदर्शीहरू बताउँछन् । अचानक आगो दन्किएपछि प्रहरी र स्थानीयले अग्निनियन्त्रक यन्त्रहरूको प्रयोग गरेर आगो निभाएका हुन् । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।
_rELERhw9dl.jpg)
_hM3h5QUIUR.jpg)
_iArtC1b5vX.jpg)
_DpfO9qXYfn.jpg)
_C8QEZvQFn3.jpg)
_5Ztm3JUgGh.jpg)
_nrMfpN1z4Y.jpg)
_tKkYrJCSQ6.jpg)
_s4Jl7YY0GB.jpg)
_21caouw1XB.jpg)
_Q6iqllY8Zw.jpg)
_kE6hmvuewe.jpg)
_Nz9EeRgRgW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण