रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
लन्डन । इङ्ग्ल्यान्डका महान् फुटबल खेलाडी, पूर्वकप्तान तथा प्रशिक्षक केभिन किगनको ७५ वर्षको उमेरमा निधन भएको छ ।
उनी लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेका थिए । गत महिना मात्र उनले आफ्नो स्वास्थ्य अवस्थाबारे सार्वजनिक गरेका थिए । उनको निधनको जानकारी उनको पूर्वक्लब न्युक्यासल युनाइटेडले दिएको हो । क्लबले किगनलाई आफ्नो इतिहासका सबैभन्दा प्रतिष्ठित, प्रभावशाली र प्रिय व्यक्तित्वमध्ये एकका रूपमा श्रद्धाञ्जलि अर्पण गरेको छ ।
केभिन किगन सन् १९७० को दशकमा इङ्ग्ल्यान्ड मात्र होइन, युरोपेली फुटबलकै सबैभन्दा ठुला खेलाडीमध्ये एक थिए । उनी इङ्ग्ल्यान्डका बेलोन डी'ओर जित्ने चार खेलाडीमध्ये एक हुन् । उनको गति, गोल गर्ने क्षमता र अथक् मेहनतले उनलाई विश्व फुटबलमा विशेष पहिचान दिलाएको थियो । साथै, उनी घरेलु फुटबल छाडेर युरोपको अर्को शीर्ष लिगमा खेल्न जाने पहिलो पुस्ताका इङ्ग्लिस खेलाडीमध्ये पनि थिए ।
सन् १९७७ मा लिभरपुलबाट युरोपियन कप जितेपछि किगन जर्मन क्लब ह्याम्बर्गमा आबद्ध भएका थिए । ह्याम्बर्गमा रहँदा उनले लगातार दुई वर्ष सन् १९७८ र १९७९ मा बेलोन डी'ओर जिते । सन् १९७९ मा उनले ह्याम्बर्गलाई बुन्डेसलिगा उपाधि जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए। ह्याम्बर्गले उनलाई आफ्नो इतिहासका महानतम खेलाडीमध्ये एकका रूपमा सम्झिएको छ ।
किगनले इङ्ग्ल्यान्डका लागि ६३ अन्तर्राष्ट्रिय खेल खेल्दै २१ गोल गरेका थिए । उनले सन् १९८२ को विश्वकपमा पनि इङ्ग्ल्यान्डको प्रतिनिधित्व गरेका थिए । खेल जीवनपछि उनी सफल प्रशिक्षक पनि बने । सन् १९९२ देखि २००८ सम्मको प्रशिक्षण यात्रामा उनले न्युक्यासल युनाइटेडलाई सन् १९९५–९६ को प्रिमियर लिग उपाधिको निकै नजिक पुर्याएका थिए ।
उनले सन् १९९९ देखि २००० सम्म इङ्ग्ल्यान्ड राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि सम्हालेका थिए । तर युरो २००० मा टोली समूह चरणबाटै बाहिरिएपछि र सन् २००२ विश्वकप छनोटमा जर्मनीसँग पराजित भएपछि उनले पदबाट राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण