मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा

मङ्गलबार, ०५ साउन २०८३, १७ : १०
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक भएको टिप्पणी गरेको छ ।
  • कांग्रेस सभापति गगन कुमार थापाले सरकारको उक्त निर्णयले सर्वसाधारणलाई राहत पुराउने विश्वास व्यक्त गरे ।
  • उनले निजी सेवा उपयोग गर्नेहरूसँग कर उठाएर अन्य वर्गलाई मद्दत गर्ने सोच सुरुदेखि नै व्यावहारिक र सही नभएको कांग्रेसले भन्दै आएको धारणा राखे ।

काठमाडौँ । नेपाली कांग्रेसले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर खारेज गर्ने सरकारको निर्णयको सकारात्मक भएको टिप्पणी गरेको छ । 

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सभापति गगन कुमार थापाले सरकारले समता कर खारेज गर्ने निर्णय गर्नु सकारात्मक र उपयुक्त कदम भएको बताएका हुन् । उनले सरकारको उक्त निर्णयले सर्वसाधारणलाई राहत पुराउने विश्वास व्यक्त गरे । सभापति थापाले नेपालको वर्तमान शिक्षा र स्वास्थ्य प्रणालीमा निजी क्षेत्रलाई पूर्ण रूपमा अलग राख्न सकिने अवस्था नरहेको गरे । 

उनले निजी सेवा उपयोग गर्नेहरूसँग कर उठाएर अन्य वर्गलाई मद्दत गर्ने सोच सुरुदेखि नै व्यावहारिक र सही नभएको कांग्रेसले भन्दै आएको धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप