लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा लेबनानका राष्ट्रपति जोसेफ आउनसँग भेटवार्ता गर्ने भएका छन् ।
यो भेट अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताअनुसार इजरायलले दक्षिणी लेबनानबाट आफ्ना केही सेना फिर्ता गर्न थालेपछि हुन लागेको हो ।
जोसेफ आउन सन् २००९ पछि ह्वाइट हाउस भ्रमण गर्ने पहिलो लेबनानी राष्ट्रपति हुनेछन् । अमेरिकाको पहलमा भएको युद्धविराम सम्झौताको उद्देश्य दक्षिणी लेबनानमा जारी लडाइँ अन्त्य गर्दै उक्त क्षेत्रको नियन्त्रण क्रमशः इजरायली सेनाबाट लेबनानी सेनालाई हस्तान्तरण गर्नु हो।
इजरायल र इरान समर्थित हिजबुल्लाहबिच मार्चको सुरुदेखि नै युद्ध भइरहेको छ । सम्झौताको पहिलो चरणअनुसार इजरायलले तथाकथित पहेँलो रेखा नजिकका केही क्षेत्रमा रहेका आफ्ना सेना फिर्ता गर्नुपर्ने व्यवस्था छ ।
इजरायली सेनाले सोमबार दक्षिणी लेबनानका तीन गाउँको सुरक्षा जिम्मेवारी लेबनानी सेनालाई हस्तान्तरण गरेको जनाएको छ। राष्ट्रपति ट्रम्पले लेबनानी राष्ट्रपति जोसेफ आउन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच ऐतिहासिक भेट गराउने प्रयास गरिरहेका छन् ।
तर राष्ट्रपति आउनले दक्षिणी लेबनानबाट इजरायली सेना व्यापक रूपमा फिर्ता नभएसम्म त्यस्तो भेटमा सहभागी नहुने अडान लिएका छन्। यसैबिच इजरायली सेनाका एक अधिकारीले सेना फिर्ता भए पनि दक्षिणी लेबनानमा देखिने कुनै पनि सुरक्षा खतरालाई हटाउन आवश्यक परे सैन्य कारबाही जारी रहने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण