आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय खेलमा नेपाल नामिबियासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भएको छ ।
नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य नामिबियाले ३७.४ ओभरमा मात्र २ विकेट गुमाएर ७४ बल बाँकी छँदै सहजै पूरा गर्यो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोली नामिबियाका बलरहरू सामु टिक्न सकेन । नेपाल ४६.५ ओभरमा १५७ रन बनाउँदा अलआउट हुन पुग्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन (६० बल) र दीपेन्द्र सिंह ऐरीले ३० रन (५१ बल) बनाए । त्यसैगरी गुल्सन झाले २० रन (३८ बल) जोडे पनि अन्य ब्याटरहरूले उल्लेख्य योगदान दिन सकेनन् ।
नेपाली इनिङ्सलाई ध्वस्त पार्ने क्रममा नामिबियाका बलर जेजे स्मिटले घातक बलिङ गरे । उनले ९.५ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ६ विकेट लिए । त्यस्तै बर्नार्ड स्कोल्ट्ज र ज्याक ब्रासेलले समान २–२ विकेट लिए ।
नामिबियाको सहज जित
१५८ रनको विजय लक्ष्य पछ्याएको नामिबियाले उत्कृष्ट सुरुवात गर्यो । नामिबियाका लागि जान फ्राइलिङ्कले ८९ बलमा अविजित ७७ रनको योगदान दिए भने माइकल भान लिङ्गेनले ७९ बलमा ५१ रनको अर्धशतकीय पारि खेले । त्यस्तै निकोल लोफ्टी इटन १७ रनमा अविजित रहे ।
नेपालका लागि नन्दन यादवले १ विकेट (३ ओभरमा १७ रन) र कप्तान रोहित पौडेलले १ विकेट (५.४ ओभरमा २० रन) लिएका थिए । नेपालले टस हारेर पहिला ब्याटिङ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण