बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा

बुधबार, ०६ साउन २०८३, १६ : ००
बुधबार, ०६ साउन २०८३

सारांश

  • चिकित्सा शिक्षा आयोगले निर्देशक पदका लागि १२ जना उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको छ ।
  • आयोगले मापदण्ड तथा प्रत्ययन, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रक्रिया अघि बढाएको हो ।
  • सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन ८ गते शुक्रबार राष्ट्रिय योजना आयोगको बैठक कक्षमा सञ्चालन हुनेछ ।

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले आयोग अन्तर्गतका निर्देशक पदका लागि उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको छ ।

आयोग अन्तर्गतका चार निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदका लागि १२ जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको हो । गत असार २६ गते दरखास्त आह्वान गरिएको थियो । 

आयोगले मापदण्ड तथा प्रत्ययन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति प्रक्रिया अघि बढाएको हो ।

सर्टलिस्टमा परेका उम्मेदवारहरूमा प्रा.डा. दयाराम पोखरेल, प्रा.डा. दीपेन्द्रबहादुर श्रेष्ठ, प्रा.डा. दिलीप शर्मा, प्रा.डा. विनोदकुमार यादव , प्रा.डा. मृगेन्द्र अमात्य, प्रा.डा. रविन्द्रमान श्रेष्ठ, प्रा.डा. विष्णुप्रसाद शर्मा, प्रा.डा. संघरत्न बज्राचार्य, प्रा.डा. सञ्जयकुमार श्रेष्ठ, प्रा.डा. सन्ध्या चापागाईँ आचार्य, प्रा.डा. सुरज बज्राचार्य र प्रा.डा. सैलेस प्रधान छन् ।

आयोगले सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन ८ गते शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको बैठक कक्षमा सञ्चालन गर्ने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप