बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिल बिजक नराख्नेलाई विभागको जरिवाना

बिहीबार, ०७ साउन २०८३, ०० : १४
बिहीबार, ०७ साउन २०८३

सारांश

  • वाणिज्य विभागले राज खाद्य स्टोरलाई जरिवाना गरेको छ ।
  • बिल बिजक नराखेको पाइएपछि पाँच हजार जरिवाना गरिएको हो ।
  • विभागले आठ फर्मको अनुगमन गरी सातलाई निर्देशन दिएको छ ।

काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नागार्जुन–२ खरिबोट वनस्थलीमा रहेको राज श्री खाद्य स्टोरलाई जरिवाना गरेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफाअनुसार बिल बिजक नराखेको पाइएपछि विभागले सो स्टोरलाई रु पाँच हजार जरिवाना गरेको हो । बुधबार विभागले कुल ८ वटा फर्ममा स्थलगत अनुगमन गरेको थियो । त्यसमध्ये ७ वटालाई सुधारात्मक निर्देशन दिएको छ ।

विभागले उपभोक्ता अधिकारकर्मीलगायतको उपस्थितिमा नियमित बजार अनुगमन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप