लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
सारांश
- अखिल (क्रान्तिकारी) ले लोकसेवा आयोगमार्फत हुने स्थायी पदपूर्ति रोक्ने सरकारी निर्णयको विरोध गरेको छ।
- उक्त निर्णयले लाखौँ विद्यार्थी र युवाको भविष्य अन्योलमा पारेको भन्दै यसलाई युवा तथा विद्यार्थी विरोधी कदम भनिएको छ।
- सङ्गठनले निर्णय तत्काल फिर्ता नलिए देशव्यापी आन्दोलनको चेतावनी दिएको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले सरकारले लोकसेवा आयोगमार्फत हुने स्थायी पदपूर्ति प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै त्यसको कडा विरोध गरेको छ।
सङ्गठनका उपाध्यक्ष डीबी बुढाथोकी र महासचिव उषाकिरण आजाद कामीद्वारा बिहीबार जारी प्रेस वक्तव्यमा सरकारले मुख्यसचिवस्तरीय बैठकबाट चालु आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना कुनै पनि सरकारी निकायले स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नपठाउने निर्णय गरेको भन्दै त्यसलाई युवा तथा विद्यार्थी विरोधी कदमको संज्ञा दिइएको छ।
वक्तव्यमा उक्त निर्णयले लाखौँ विद्यार्थी तथा लोकसेवाको तयारीमा रहेका युवाको भविष्य अन्योलमा पारेको दाबी गर्दै संवैधानिक रूपमा स्वायत्त रहेको लोकसेवा आयोगको नियमित प्रक्रिया अवरुद्ध पार्ने प्रयास भएको आरोप लगाइएको छ।
अखिल (क्रान्तिकारी)ले सरकारले युवालाई रोजगारीबाट वञ्चित गर्दै वैदेशिक रोजगारीतर्फ धकेल्ने उद्देश्यका साथ यस्तो निर्णय गरेको आरोप पनि लगाएको छ। सङ्गठनले उक्त कदमलाई जनविरोधी, युवा विरोधी र सर्वसत्तावादी प्रवृत्तिको उदाहरण भएको उल्लेख गरेको छ।
सङ्गठनले सरकारसँग उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्दै निर्णय कायम राखिए देशव्यापी सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ। आन्दोलनबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने पनि वक्तव्यमा उल्लेख गरिएको छ।
यस्तै, अखिल (क्रान्तिकारी)ले सरकारको निर्णयविरुद्ध एकजुट भएर प्रतिवादमा उत्रिन सम्पूर्ण युवा तथा विद्यार्थीलाई आह्वान गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण