जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
सारांश
- तत्कालीन सशस्त्र जनयुद्धका क्रममा म्याग्दी कारागारबाट फरार रहेका कर्तव्य ज्यान मुद्दाका अभियुक्त गुनबहादुर पुर्जा पक्राउ परेका छन्।
- जिल्ला अदालत म्याग्दीले उनलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकेको थियो।
- जेलबाट भागेका कारण उनले १९ वर्ष ७ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको छ।
म्याग्दी । तत्कालीन सशस्त्र जनयुद्धका क्रममा म्याग्दी कारागारबाट फरार रहेका कर्तव्य ज्यान मुद्दाका अभियुक्त गुनबहादुर पुर्जा पक्राउ परेका छन्।
म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका ४५ वर्षीय पुर्जालाई प्रहरीले शुक्रबार मध्यराति पक्राउ गरेको हो।
विक्रम संवत् २०६० साल चैत्र ७ गते म्याग्दी आक्रमणका क्रममा पुर्पक्षका लागि जिल्ला कारागार म्याग्दीमा रहेका पुर्जा फरार भएका थिए। जिल्ला अदालत म्याग्दीले उनलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकेको थियो। जेलबाट भागेका कारण उनले १९ वर्ष ७ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान उनलाई नियन्त्रणमा लिएको हो। उनी रघुगंगा गाउँपालिका–४ बाट करिब ५ किलोमिटर टाढा लेकमा रहेको गोठमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ परेका हुन्।
पक्राउ परेका पुर्जालाई जिल्ला प्रहरी कार्यालय म्याग्दी ल्याइएको छ भने उनीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण