शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफल गर्न डाकिएको प्रदेशसभा बैठक बस्न ढिलाइ

शनिबार, ०९ साउन २०८३, १५ : २३
शनिबार, ०९ साउन २०८३

सारांश

  • कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न डाकिएको प्रदेशसभा बैठक बस्न ढिलाइ भएको छ ।
  • दिउँसो ३ बजेदेखि बैठक बस्ने भनिए पनि यो समाचार तयार पार्दासम्म बैठक बस्न सकेको छैन ।
  • प्रदेश सभाका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार अहिले कार्य व्यवस्था समितिको बैठक बसिरहेको छ र बैठक बस्न अझै आधा घण्टा जति समय लाग्ने अनुमान छ ।

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल केन्द्रित प्रदेशसभा बैठक बस्न ढिलाइ भएको छ ।

दिउँसो ३ बजेदेखि बैठक बस्ने भनिए पनि यो समाचार तयार पार्दासम्म बैठक बस्न सकेको छैन । प्रदेश सभाका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार अहिले कार्य व्यवस्था समितिको बैठक बसिरहेको छ ।

प्रदेशसभा बैठक बस्न अझै आधा घण्टा जति समय लाग्ने उनले अनुमान गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप