आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु

आइतबार, १० साउन २०८३, १४ : १८
आइतबार, १० साउन २०८३

सारांश

  • डा गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु भएको छ ।
  • शिक्षामन्त्रालयको अग्रसरतामा बनाइएको वार्ता टोलीले केसीसँग आइतबार वार्ता सुरु गरेको हो ।
  • गेटा मेडिकल विश्वविद्यालयका पदाधिकारीको राजीनामा, चिकित्सा शिक्षाको छात्रवृत्ति कोटा वृद्धि लगायतका माग राख्दै केसी अनसनमा बसेका थिए ।

काठमाडौँ । डा.गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु भएको छ । शिक्षामन्त्रालयको अग्रसरतामा बनाइएको वार्ता टोलीले केसीसँग आइतबार वार्ता सुरु भएको हो । 

वार्तामा सरकारको तर्फबाट शिक्षा मन्त्रालयका सविच चूडामणि पौडेल, स्वास्थ्य सचिव डाक्टर विकास देवकोटा र प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राडा जगदीशचन्द्र अग्रवाल छन् । यस्तै, गोविन्द केसीको तर्फबाट  उनका सहयोगी डा.अमृत जैशी, पवन थापा र पुकार बमलगायतको सहभागिता रहेको छ ।

केसीले गेटा मेडिकल विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिनुपर्ने, चिकित्सा शिक्षाको छात्रवृत्ति कोटा बढाउनुपर्ने लगायतका माग राखेर शुक्रबारदेखि धनगढीमा अनसनमा बसेका थिए । अनसनकै क्रममा उनको स्वास्थ्यमा समस्या देखिएपछि उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप