आयो एलिनाको तीजको नयाँ गीत
सारांश
- साउन महिना सुरु भएसँगै तीज गीत सार्वजनिक हुने क्रम बढेको छ ।
- लोकप्रिय गायिका एलिना चौहानको स्वर रहेको नयाँ तीज गीत 'खाली भयो जेब' सार्वजनिक भएको छ ।
- गीतमा वैंशालु युवतीका रहर र चाहनाहरूलाई मुख्य विषयवस्तु बनाइएको छ ।
काठमाडौँ । साउन सुरु भएसँगै नेपाली सङ्गीत बजारमा तीज गीतहरू सार्वजनिक हुने क्रम बढेको छ ।
यही क्रममा सर्जक कस्तुप पन्तको नयाँ तीज गीत ‘खाली भयो जेब’ सार्वजनिक भएको छ । लोकप्रिय गायिका एलिना चौहानको स्वर रहेको गीतमा कस्तुप पन्तको शब्द तथा सङ्गीत छ । गीतमा रामजी खाँणको पनि स्वर सुन्न सकिन्छ ।
यस गीतमा वैंशालु युवतीका रहर र चाहनाहरूलाई गीतको मुख्य विषयवस्तु बनाइएको छ । तीजका अवसरमा महादेवसँग आरधना गर्दै उनले आफ्ना रहरहरू पूरा गरिदिन बिन्ती गरेकी छन् ।
गीतको भिडियोमा चर्चित मोडल एलिना रायमाझी र पार्वती श्रेष्ठको अभिनय छ । स्मृति तिमिल्सिना ‘गुरुआमा’ को निर्देशन रहको गीतको भिडियोलाई करण चैसिरले छायाङ्कन र बिनोद बमले सम्पादन गरेका हुन् ।
चाडबाडको संस्कृति र समसामयिक सामाजिक परिवेशलाई कलात्मक रूपमा प्रस्तुत गरिएकाले यस वर्षको तीजमा यो गीतले श्रोता तथा दर्शकको भरपूर माया पाउने विश्वास निर्माण पक्षले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीएण्डबी अस्पतालमा किशोरीको डिम्ब निकालेको घटनामा डा. नूतन शर्मा पनि अनुसन्धान दायरामा
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रौतहटमा खोलामा डुबेर बालकको मृत्यु
-
भारतीय टोलीको प्रदर्शन समीक्षा गर्दै बीसीसीआई
-
शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार नियुक्ति विवादमा
-
दोस्रो विवाह गरेकी महिलाले पहिलो पतिसँग रात बिताएपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण