सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा दुई समुदायको बिचमा झडप भएको छ ।
गएराति साढे १० देखि सुरु भएको झडपमा एक जनाको मृत्यु भएको छ ।
कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले रातोपाटीलाई बताए ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको डीएसपी खड्काले बताए । सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले ७ राउण्ड गोली चलाएका थिए । मेहतालाई कुन हतियारबाट गोली लागेको भन्ने यकिन भैसकेको छैन ।
झडप हुँदा प्रहरीका इन्स्पेक्टर राकेश राई सहित १० जना प्रहरी र ५ जना सशस्त्रका सुरक्षाकर्मी घाइते भएका छन् । कप्तानगञ्ज स्थित मन्दिरमा ठुलो स्वरमा डिजे बजाएको विषयमा हिन्दु र मुस्लिमको बिचमा विवाद सुरु भएको थियो ।
त्यसअघि सो क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दुको झण्डा राखेको विषयमा विवाद थप चर्किएको सुरक्षा अधिकारीहरू बताउँछन् । झडपमा परेर ९ जना स्थानीय घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकैदिन ४ प्रतिशतले घट्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
स्रोत नखुलेको साढे ४ लाख रुपैयाँसहित विराटनगरबाट १ जना पक्राउ
-
सुनसरी घटनापछि गृहमन्त्री सुधन गुरुङ र सुरक्षा प्रमुखहरू छलफलमा
-
पहिराेमा परी वृद्धको मृत्यु, एक जनाको उद्धार
-
मोदीको भिडियोले सामाजिक सञ्जालमा मच्चायो हलचल, आईशोस्पीडलाई उछिने
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण