अपडेट
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
मङ्गलबार, १२ साउन २०८३, ०५ : १७
सारांश
- संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ ।
- बैठकमा निर्वाचन आयुक्तका प्रस्तावित गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बाको सुनुवाइ हुनेछ ।
- संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरेको थियो ।
काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । आज बिहानका लागि तय भएको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौँ) को सुनुवाइ गर्ने कार्यसूची छ ।
संवैधानिक परिषद्को गत असार १९ को बैठकले संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो । यस्तै, निर्वाचन आयुक्तमा वाग्ले र सुब्बालाई सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । समितिले यसअघि प्रमुख आयुक्त र आयुक्तविरुद्ध उजुरी आह्वान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काँकरभिट्टाबाट गत आर्थिक वर्षमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए
-
मल अभावले धनुषाका कृषक चिन्तित
-
यस्ता हुन्छन् ब्रेन क्यान्सरका सुरुवाती लक्षण
-
अर्जेन्टिनी राष्ट्रपति मिलेईले ब्राजिलका राष्ट्रपति लुलालाई ‘चोर’ र ‘अपराधी’ भनेपछि कूटनीतिक तनाव
-
इरानको आग्रहमा आक्रमण रोकेको ट्रम्पको दाबी, तेहरानले वार्ता अस्वीकार गर्यो
-
सांसद पौडेलले सुकुमबासी बस्तीबाट भने : ‘साथीहरू डोजर चल्छ भनेर डराउनुभएको छ, कसले चलाउँछ डोजर ?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण