मुग्लिन-नारायणगढ सडकखण्डको खहरेमा सुक्खा पहिरो खस्याे, यातायात दुईतर्फी अवरुद्ध
सारांश
- मुग्लिन-नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुख्खा पहिरो खस्दा सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
- बिहान ८:५० बजे पहिरो खसेपछि सडक दुईतर्फी ठप्प हुँदा सयौँ सवारी साधन र हजारौँ यात्रुहरू बीच बाटोमै रोकिएका छन्।
- पहिरो पन्छाउने कार्य सुरु भइसकेको छ र करिब १ घण्टा ३० मिनेटभित्र सडक सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
चितवन । मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत खहरे खोला नजिकै सुक्खा पहिरो खस्दा सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज मंगलबार बिहान ८:५० बजेको समयमा मुग्लिन नजिकै रहेको खहरे खोलामा अचानक सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी नै ठप्प भएको सडक डिभिजन भरतपुरले जनाएकाे छ। सडक अवरुद्ध भएपछि सो मार्ग भएर गुड्ने सयौँ सवारी साधन र हजारौँ यात्रुहरू बीच बाटोमै रोकिएका छन्।
अवरुद्ध सडक खुलाउनका लागि पहिरो पन्छाउने कार्य सुरु भइसकेको छ। सम्बन्धित निकायका अनुसार घटनास्थलमा आवश्यक मेशिन र जनशक्ति परिचालन गरिसकिएको छ।
पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेकाले अबको करिब १ घण्टा ३० मिनेटभित्र सडक पूर्ण रूपमा सफा गरी सवारी आवागमन सुचारु हुने जानकारी गराइएको छ। यात्रामा रहेका सर्वसाधारणलाई धैर्य गर्न र सडकको अवस्था बुझेर मात्र अघि बढ्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेभित्रै उठ्यो नेकपासँगको सहमतिमाथि प्रश्न
-
गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र
-
सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
-
नारायणगढ–मुग्लिन सडक एकतर्फी सवारी सञ्चालन
-
सुनसरी घटना : प्रहरीको गोली लागेर नागरिकको मृत्यु भएकोमा नेकपाद्वारा भर्त्सना
-
निजी अस्पतालहरूको सञ्चालक संस्थाले भन्यो: ओपीडी सेवा नचलाउनू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण